लघुवित्त क्षेत्रकै सबैभन्दा ठुलो आइपीओ खुल्यो, यसरी गर्नुहोस आवेदन

Jun 24, 2020 06:44 AM Merolagani



एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेबाट साढे ४७ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो।

कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्बसाधारणले आवेदन गर्न सक्नेछन्। 

यो लघुवित्त क्षेत्रको हालसम्मकै सबै भन्दा आईपीओ हो । हाल सम्म कुनैपनि लघुवित्त कम्पनीहरुले यस रकम बराबरको आईपीओ निष्काशन गरेका छैनन्।

लघुवित्तले जारी गर्न लागेको आइपिओमा सर्बसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन गर्न सक्ने छन्। लघुवित्तले निष्काशन गर्न लागेको आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने छ।

आइपीओ जारी गर्न लघुवित्तले गराएको रेटिङ्गमा केयर रेटिङ्गस नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ्ग दिएको छ । बलियो संस्थागत संस्थापक, दक्ष सञ्चालक समिति तथा व्यवस्थापन समूह र स्थापनाको छोटो अवधिमा व्यवसाय विस्तारले लघुवित्तको रेटिङ्गमा सकारात्मक प्रभाव पारेको केयरले उल्लेख गरेको छ ।

लघुवित्तको आइपीओमा आवेदन दिन चाहानेहरुले छिटोमा असार १४ गते र सो अवधिमा सबै शेयर बिक्री नभए असार २४ गतेसम्म आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ। लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकीएका शाखा कार्यलयबाट आवेदन गर्न सकिने छ। साथै मेरो शेयर प्रयोगकर्ताले मेरो शेयरमार्फत पनि आवेदन गर्न सक्नेछन्।

लघुवित्तको विवरण पत्रमा गत आर्थिक वर्षसम्ममा ११० रुपैयाँ ४३ पैसा रहेको प्रतिशेयर नेटवर्थ चालु आर्थिक वर्षको अन्त्यमा ११३ रुपैयाँ ८० पैसा, आगामी आर्थिक वर्ष १३४ रुपैयाँ ४० पैसा र आर्थिक वर्ष २०७८/०७९ पुग्दा १८६ रुपैयाँ ५३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ। त्यसैगरी गत आर्थिक वर्षसम्ममा २२ रुपैयाँ ७५ पैसा रहेको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको अन्तयसम्ममा २३ रुपैयाँ ७६ पैसा, आगामी आर्थिक वर्ष ४६ रुपैयाँ ९९ पैसा र आर्थिक वर्ष २०७८/०७९ मा ८२ रुपैयाँ ९९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

जाजरकोटको खलंगामा केन्द्रीय कार्यालय स्थापना गरी २०७४ मंसिर १२ गतेदेखि सञ्चालमा आएको यस लघुवित्तले गत मंसिर २३ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभामार्फत आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।