सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र कहिले र कहाँ हुँदैछ रिलीज ?

Jun 25, 2020 04:31 PM Merolagani



बलिउड नायक सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र 'दिल बेचारा'को रिलीज मिति तोकिएको छ । उक्त चलचित्र जुलाई २४मा ओटिटी प्लाटफर्म 'डिज्नी प्लस हटस्टार'मा रिलीज हुन लागेको हो ।

 जुन १४ का दिन आत्महत्या गरेका नायक सुशांतसँगै यस चलचित्रमा सन्जना सांघीको अभिनय देख्न सकिन्छ ।

नायिका सन्जनाले बिहीबार सामाजिक संजालमा रिलीज मिती सार्वजनिक गरेकी हुन्। नायिका सन्जनाले चलचित्रको पोस्टर सार्वजनिक गर्दै लेखेकी छिन्,'माया,आशा र अनन्त सम्झनाको कथा ' ।

यो चलचित्र कोरोना महामारीका कारण भएको लकडाउन अगावै प्रर्दशनमा आउने तयारी रहेको थियो। याे चलचित्र जाेन ग्रीनकाे 'द फल्ट इन आवर स्टार्स' नामक पुस्तकबाट प्रभावित रहेकाे छ ।




लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।