सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र कहिले र कहाँ हुँदैछ रिलीज ?

Jun 25, 2020 04:31 PM Merolagani



बलिउड नायक सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र 'दिल बेचारा'को रिलीज मिति तोकिएको छ । उक्त चलचित्र जुलाई २४मा ओटिटी प्लाटफर्म 'डिज्नी प्लस हटस्टार'मा रिलीज हुन लागेको हो ।

 जुन १४ का दिन आत्महत्या गरेका नायक सुशांतसँगै यस चलचित्रमा सन्जना सांघीको अभिनय देख्न सकिन्छ ।

नायिका सन्जनाले बिहीबार सामाजिक संजालमा रिलीज मिती सार्वजनिक गरेकी हुन्। नायिका सन्जनाले चलचित्रको पोस्टर सार्वजनिक गर्दै लेखेकी छिन्,'माया,आशा र अनन्त सम्झनाको कथा ' ।

यो चलचित्र कोरोना महामारीका कारण भएको लकडाउन अगावै प्रर्दशनमा आउने तयारी रहेको थियो। याे चलचित्र जाेन ग्रीनकाे 'द फल्ट इन आवर स्टार्स' नामक पुस्तकबाट प्रभावित रहेकाे छ ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।