एनआइसी एशिया लघुवित्तको आइपीओमा पर्यो साढे २ गुणा बढी आवेदन

Jun 25, 2020 05:30 PM Merolagani

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आइपीओमा दोस्रो दिनसम्ममा साढे २ गुणा बढी शेयर खरिदको लागि आवेदन परेको छ।

असार ११ गते बेलुका पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा १ लाख ९८ हजार ८९८ जना आवेदकबाट १ अर्ब ११ करोड ७८ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ७८ हजार ७२० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। याे सर्वासाधारणमा निष्काशन गरिएको कुल शेयरको २.५१ गुणा धेरै हो। 

लघुवित्तले बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको हो।

लघुवित्तले जारी गरेकोे आइपिओमा सर्वसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन गर्न सक्ने छन्।

लघुवित्तको आइपीओमा आवेदन दिन चाहनेहरुले छिटोमा असार १४ गतेसम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ। लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकीएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै, मेरो शेयर प्रयोगकर्ताले मेरो शेयरमार्फत पनि आवेदन गर्न सक्नेछन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा


comments powered by Disqus

धरान उपमहानगरपालिकाको कर भुक्तानी कनेक्ट आइपीएस मार्फत

Sep 21, 2020 02:12 PM

धरान उपमहानगरपालिकाले स्थानिय सरकारको कर भुक्तानी समेत अनलाईनबाटै गराउने गरी तिर्नुपर्ने सबै कर भुक्तानी कनेक्ट आइपीएस इपेमेन्ट मार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ ।  धरान उपमहानगरपालिकालाई कनेक्ट आइपीएसमा राष्ट्रिय वाणिज्य बैंक मार्फत आबद्ध गराइएको हो ।