तर केही कर्मचारीको मात्र उद्देश्य पूरा हुन्छ । बाँकी कर्मचारी लक्ष्यमा नपुगी बीचैबाट अबकास पाउने वा छाडने गर्छन् ।
सिइओ पदलाई ‘ग्लामर’ का रुपमा लिइने भएकाले पनि उक्त पदमा पुग्न सबैले मेहनत गर्ने गर्छन् । तर केहीको मात्र त्यो पदमा पुग्ने सपना पूरा हुन्छ । बाँकीको सपना अधरै हुन्छ ।
बैंक व्यवस्थापनकै उच्च पद सिइओमा पुग्नेहरू पनि एउटै बैंकमा लगातार दुई कार्यकाल (८ वर्ष) भन्दा बढी बस्न पाउदैनन् । लगातार रुपमा एउटै बैंकमा दुई कार्यकाल काम गरिसकेपछि अर्को बैंकमा जानु पर्ने हुन्छ । त्यो पनि ६ महिना कुलिङ पिरेड हुन्छ । त्यो कुलिङ पिरेड पार गरिसकेपछि मात्र अर्को बैंकमा जान पाइन्छ ।
एक बैंकमा सिइओ भएको ब्यक्ति अर्को बैंकमा जादा त्यो भन्दा तलको पदमा जाने कुरै भएन् । सिइओको पदमा जानका लािग उक्त बैंकमा सो पद खाली हुनु पर्छ । तर केही बैंकका सिइओहरु अर्को बैंकमा सिइओको पद खाली नभएपछि बैंक सञ्चालक समितिमा जान थालेका छन् ।
- पूर्व सिइओको फेरिएको भूमिका
बैंक व्यवस्थापनको उच्च तहमा पुगेका बैंकका सिइओहरूको भूमिका फेरिएको छ । पहिला बैंकलाई कुन दिशामा लैजाने भनेर अहोरात्र खटिने पूर्वसिइओहरु अहिले बैंकलाई के कस्ता नीति बनाएर अब्बल बनाउ सकिन्छ भन्नेतिर ध्यान केन्द्रीत गरिरहेको नबिल बैंकका सञ्चालक समेत रहेका एमएमबी बैंकका पूर्वसिइओ उपेन्द्र पौैडेल बताउँछन् । ‘सिइओ हुँदा अहोरात्र खटेर उत्कृष्ट कसरी बनाउने ध्यानमा हुन्थ्यो,’ सिइओहरूको छाता संस्था नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष समेत भएका पौडेलले भने, ‘तर अहिले भने भूमिका फेरिएको छ, बैंकलाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्ने भनेर नीति निर्माणमा नै केन्द्रीत गर्नु पर्ने अवस्था आएको छ ।’
बैंकका सिइओहरू ‘कुलिङ पिरियड’ सकिनासाथ बैंकको सञ्चालक भएर जान थालेका छन् । सिइको पद छाडेको ६ महिनासम्म अर्को बैंकमा सिइओ वा सञ्चालक भएर जान नपाइने अवधिलाई ‘कुलिङ पिरियड’ भनिन्छ । यो अवधि सकिनासाथ अर्को बैंकको सञ्चालक भएर जान थालेका हुन् ।
पछिल्लो पटक लक्ष्मी बैंकका पूर्वसिइओ सुदेश खालिङ सिटिजन्स बैंक इन्टरनेशनलको सञ्चालक भएका छन् । यसअघि सिटिजन्सका पूर्वसिइओ राजनसिंह भण्डारी त्यही बैंकको सिइओ छाडेपछि उक्त बैंकको सञ्चालक समितिको अध्यक्ष हुन पुगेका छन् ।
यसैगरी, एनएमबी बैंकका पूर्वसिइओ उपेन्द्र पौडेल नबिल बैंकको सञ्चालकमा चयन भएका छन् । पछिल्लो समय सिइओ पद छाडेर बसेकाहरु कुनै न कुनै बैंकको सञ्चालक समितिमा जान थालेका छन ।
लक्ष्मी बैंकका पूर्व सिइओ खालिङले लक्ष्मी बैंक छाडेपछि अन्य बैंकको सिइओ हुन खोजेका थिए । २७ वटै वाणिज्य बैंकमा सिइओ पद खाली नभएका कारण उनी अन्त्यमा सिटिजन्स बैंकको सञ्चालकमा हुन पुगेका थिए ।
एमएमबी बैंकका पूर्वसिइओ पौडेल पनि उक्त बैंकमा दुई कार्यकाल सकिएको ६ महिनापछि नबिल बैंकको सिइओ बन्न पुगे। उनी अन्य बैंकको सिइओमा बस्न रुची नदेखाएपछि नबिल बैकको सञ्चालक हुन पुगेको बताउँछन् । ‘अन्य बैंकबाट पनि सिइओको अफर आएको थियो,’ उनले भने, ‘अर्को बैंकमा सिइओ हुन जानका लागि मन लागेन् ।’
सिटिजन्स बैंकका पूर्वसिइओ भण्डारी पनि त्यहा सिइओ छाडेको ६ महिनापछि बैंक सञ्चालक भएर आएका थिए । उनले त्यही बैंकमा लगातार दुई कार्यकाल (आठ) वर्ष बिताए । सोहीकारण उनी उक्त बैंकमा पुन सिइओ पदमा पाउँदैनेथे । त्यसैले उनी उक्त बैंकको सिइओ पद छाडन बाध्य भएका थिए । तर पछि त्यही बैंकको सञ्चालक समितिको अध्यक्ष भएर आए ।
कुमारी बैंकका पूर्वसिइओ राधेश पन्त अहिले बैंक अफ काठमाडौंको सञ्चालक समितिको सदस्य छन् । राष्ट्रिय वाणिज्य बैंकका पूर्वसिइओ कृष्णप्रसाद शर्मा ग्लोबल आइएमई बैंकको सञ्चालक समितिमा छन् ।
सिभिल बैंकका पूर्व सिइओ किशोरकुमार महर्जन प्रोगे्रसिभ फाइनान्सको अध्यक्ष छन् । पहिले मुक्तिनाथ विकास बैंकको सिइओ भरतराज ढकाल अहिले सोही बैंक सञ्चालक समितिको अध्यक्ष छन् ।
नेपाल राष्ट्र बैंकले दुई कार्यकालभन्दा बढी एउटै बैंकको सिइओ वा सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । त्यसैअनुसार, दुई वर्षको कार्यकाल सकिएसँगै सिइओ धमाधम बाहिरिन थालेका हुन् ।
पछिल्लो पटक केही बैंकको मुख्य जिम्मेवारीमा रहेका सिइओहरुको कार्य क्षमतामाथि सञ्चालकले प्रश्न उठाउन थालेपछि समयअवधि नसकिदै उक्त पद छाडन बाध्य भएका छन् । त्यसरी छाडेका बैंकका सिइओहरु अन्यत्र उपयुक्त अवसर नपाएपछि बैंकको सञ्चालकमा बस्न बाध्य हुन थालेका हुन् ।
उपयुक्त अवसर नपाएकै कारण बैंकका पूर्वसिइओहरु बैंक सञ्चालक हुन पुगेको राष्ट्र बैंकका एक पूर्व कार्यकारी निर्देशकले बताए । ‘दुई कार्यकालभन्दा बढी एउटै बैंकमा बस्न नपाउने व्यवस्था गरेपछि पूर्व सिइओहरु बैंक सञ्चालक हुन पुगेका हुन्,’ उनले भने, ‘अन्यत्र उपयुक्त बिकल्प नभएपछि बैंक सञ्चालक बन्न पुगेका छन ्।
बैंक व्यवस्थापन तर्फको उच्च पद सिइओ छाडेपछि अन्य पदमा जाने कुरा पनि हुँदैन् । त्यही पदमा जानका लागि अन्य बैंकमा खाली नभएपछि बैंक सञ्चालकमा भए पनि बस्न बाध्य भएका हुन् ।
बैंकको सिइओको वार्षिक आम्दानी २ करोडभन्दा बढी हुन्छ । बोनस र कल्याणकारी कोषको सुविधासमेत जोड्ने हो भने एउटा सिइओले त्योभन्दा बढी कमाइ गर्छ ।
तर त्यही सिइओ बैंक सञ्चालक हुँदा वार्षिक ६ लाखभन्दा बढी कमाइ हुँदैन । बैंक सञ्चालक समितिको सदस्यले प्रति बैठक १२–१५ हजार रुपैयाँ मात्र पाउँछ । महिनामा बढीमा तीन बैठक भए पनि ५० हजार भन्दा बढी कमाइ हुँदैन् । यस हिसाबले वर्षमा बैंक सञ्चालकले ६ लाखभन्दा बढी कमाउँदैन् ।