गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रद बिक्री खुल्यो

Jun 28, 2020 10:51 AM Merolagani



गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (GLICL) ले असार १४ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ।

इन्स्योरेन्सले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको हो। हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते सोमबार शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरेको थियो। जस अनुसार फागुन २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यस इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन पाउनेछन्। इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

कम्पनीले यसअघि चैत २० गतेदेखि हकप्रद बिक्री गर्ने भनेपनि लकडाउनका कारण हकप्रद शेयर निष्काशन स्थगित भएको थियो। सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएपछि कम्पनीले हकप्रद बिक्री शुरु गरेको हो।

एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने व्यवस्था रहेको छ। इन्स्योरेन्सको हकप्रदमा २०७७ साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सले बिक्रीमा ल्याएको यस हकप्रदलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको सङ्केत गर्दछ।

हाल ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको इन्स्योरेन्सको  चुक्ता पूँजी १०० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।