आइतबार ४६३ जनामा कोरोना संक्रमणको पुष्टि

Jun 28, 2020 04:30 PM Merolagani



आइतबार ४६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ जसमध्ये १०५ जना महिला र ३५८ जना पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ७७२ पुगेको छ। कुल संक्रमितमध्ये एक हजार ४७४ जना महिला र ११ हजार २९८ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना निको भई १७९ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या तीन हजार १३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको संक्रमितको विवरण :

 

मोरङ : १ महिला र १६ पुरूष
झापा : २ महिला
उदयपुर : ४ महिला र २ पुरुष
इलाम : १ पुरुष
सुनसरी : १ पुरुष
धनुषा : ४ महिला र ६ पुरुष
महोत्तरी : ३ महिला र ५३ पुरुष
डडेलधुरा : १ पुरुष
दोलखा : १ महिला र १ पुरुष
गोरखा : २१ पुरुष
गुल्मी : १८ पुरुष
खोटाङ : २ महिला र २ पुरुष
रौतहट : २ महिला र १५ पुरुष
सिन्धुपाल्चोक : १ महिला
सर्लाही : १ पुरुष
कपिलवस्तु : १ महिला र ७ पुरुष
धादिङ : १ महिला
ललितपुर : १ महिला
बाजुरा : ४० महिला र ५५ पुरुष
कास्की : ५ महिला
नवलपरासी : २ महिला र २९ पुरुष
बाग्लुङ : २ महिला र २७ पुरुष
पर्वत : २ पुरुष
सल्यान : २ पुरुष
तनहुँ : ३ महिला र ३ पुरुष
लम्जुङ : १ पुरूष
म्याग्दी : २ महिला
पाल्पा : २ पुरुष
प्युठान : २ महिला र ३३ पुरुष
रुपन्देही : ४ महिला र ८ पुरुष
दाङ : ७ महिला र २७ पुरुष
रोल्पा : १ पुरुष
रुकुम : १ पुरुष
कैलाली : ४ महिला र १३ पुरुष
डोटी : ९ महिला र ४ पुरुष

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।