कोरोनाका कारण स्वतन्त्र ऊर्जा उत्पादकहरुको निर्वाचन स्थगित

Jun 29, 2020 12:18 PM Merolagani



कोरोनाका कारण स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को निर्वाचन कार्यक्रम स्थगित भएको छ । इपानको निर्वाचन आज (असार १५ गते) सोमबार हुने कार्यक्रम थियो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले २५ जना भन्दा बढी भेला हुन नपाइने भन्दै निर्वाचन रोक्न निर्देशन दिएपछि कार्यतालिका प्रभावित भएको हो । तीब्र विवाद भएपछि निर्वाचन रोक्नका लागि जिल्ला प्रशासनमा निवेदन दिइएको थियो । जिल्ला प्रशासनले अहिले निर्वाचन गर्न उपयुक्त नभएको भन्दै रोक्न निर्देशन दिएपछि निर्वाचनका कार्यक्रम स्थगित हुन पुगेको इपानका एक कार्यसमितिका सदस्यले बताए ।

इपानको निर्वाचनका लागि तीब्र धुब्रिकरण देखिएको थियो । निर्वाचनमा कृष्ण आचार्य र सुर्यप्रसाद अधिकारीको प्यानलबीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।