ग्रामिण लघुवित्तमा स्वेच्छाचारी सञ्चालक समिति पुनर्गठन भएको भन्दै राष्ट्र बैंकमा उजुरी

Jun 29, 2020 05:41 PM merolagani



ग्रामिण विकास लघुवित्त वित्तीय संस्थामा स्वेच्छचारी ढंगले सञ्चालक समितिको पुर्नगठन गरेको भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा सोमबार उक्त उजुरी परेको हो ।

ग्रामिण विकास लघुवित्तमा साधारणसभा नगरी सर्वसाधारण लगानीकर्ताको प्रतिनिधि सञ्चालकलाई प्रचलित नियम कानुुन र अभ्यास विपरित निष्कासन गरेको एवम् गैरकानुनी,अनधिकृत र स्वेच्छाचारी ढंगले सञ्चालक समितिको पुर्नगठन गरेको भन्दै दुई जना शेयरधनीले राष्ट्र बैंकमा उजुरी हालेका हुन् ।

‘ग्रामिण विकास लघुवित्तमा असार १० गतेदेखि लागु हुने गरी पाँच जना सञ्चालकहरूको पदावधि सकिने भनी केही सञ्चालकहरुले गैरकानुनी, अनधिकृत र स्वेच्छाचारी ढंगले सञ्चालक समितिको पुर्नगठन गरी संस्था नै धरासायी बनाउने नियतले लागेकाले बाध्य भई उक्त कार्य नहोस भनी सद्नियतले नियामक निकायले आवश्यक हप्तक्षेप गरी आगामी साधारणसभा नभएसम्म कानुन सम्मतको साधारणसभाले निर्वाचित गरेको सञ्चालक समितिलाई नै कायम राख्न लगाइयोस भनी निवेदन गर्दछौ,’ राष्ट्र बैंकको नियमन विभागमा पेश गरिएको उजुरी पत्रमा उल्लेख छ ।

सञ्चालक समितिको कार्यकाल चार वर्षको हुने भएपनि कुनै कारणबस साधारणसभा नभएको खण्डमा आगामी साधारणसभा नभएसम्म संस्थाको सञ्चालक समिति यथावत रहेन कानुनी व्यवस्था हुँदा हुँदै गैरकानुनी रुपमा हटाइएकोले राष्ट्र बैंकमा उजुरी हाल्न पुगेको नाम सार्वजनिक नगर्ने शर्तमा ती शेयरधनीले बताए ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।