स्वास्थ्य मन्त्रालयको मापदण्ड पुरा गर्नेलाई काठमाडौं आउन दिने

Jun 29, 2020 09:34 PM Merolagani



कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले स्वास्थ्य मन्त्रालयको मापदण्ड पुरा गर्ने प्रतिवद्धता जनाएका व्यक्तिहरुलाई काठमाडौं उपत्यका आउन दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नेगरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउनेहरुलाई काठमाडौं भित्रिन दिने निर्णय भएको बताएका हुन् ।

उनले भने, 'मन्त्रालयको मापदण्ड अनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता सहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको छ । यो हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हन्छ ।'

यस्तै सीसीएमसीले क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ ।संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उनको भनाई छ । यदि कुनै संख्या वा व्यक्ति आफै जानु परेको स्वास्थ्य मन्त्रालयसंग समन्वय गर्नु पर्ने निर्णय भएको उनले जानकारी गराए ।

विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति २ जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ । हवाई उडान र लकडाउनको थप मोडालिटीबारे भने आज सोमबार नै बस्ने बैठकले निर्णय गर्ने पनि उनले जनाकारी गराए ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।