स्वास्थ्य मन्त्रालयको मापदण्ड पुरा गर्नेलाई काठमाडौं आउन दिने

Jun 29, 2020 09:34 PM Merolagani



कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले स्वास्थ्य मन्त्रालयको मापदण्ड पुरा गर्ने प्रतिवद्धता जनाएका व्यक्तिहरुलाई काठमाडौं उपत्यका आउन दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नेगरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउनेहरुलाई काठमाडौं भित्रिन दिने निर्णय भएको बताएका हुन् ।

उनले भने, 'मन्त्रालयको मापदण्ड अनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता सहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको छ । यो हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हन्छ ।'

यस्तै सीसीएमसीले क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ ।संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उनको भनाई छ । यदि कुनै संख्या वा व्यक्ति आफै जानु परेको स्वास्थ्य मन्त्रालयसंग समन्वय गर्नु पर्ने निर्णय भएको उनले जानकारी गराए ।

विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति २ जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ । हवाई उडान र लकडाउनको थप मोडालिटीबारे भने आज सोमबार नै बस्ने बैठकले निर्णय गर्ने पनि उनले जनाकारी गराए ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।