मेगा र गण्डकी विकास बैंककाे एकीकृत कारोबार गर्ने मिति तय,कहिले देखि हुदैछ संयुक्त कारोबार ?

Jun 30, 2020 09:33 AM Merolagani



मेगा बैंक र गण्डकी विकास बैंकले असार २१ गते आईतबारदेखि एकीकृत कारोबार गर्ने भएका छन् । मंगलबार दुवै बैंकले संयुक्त सुचना सार्वजनीक गर्दै असार २१ गते देखि एकीकृत कारोबार गर्ने जानकारी गराएका हुन् । 

गण्डकी विकास बैंक मेगामा गाभिए पछि मेगा बैंकको नामबाट कारोबार हुनेछ ।मेगा र गण्डकीले एकीकृत कारोबार गर्नको लागि असार २० गते शनिवार सम्पूर्ण सेवाहरु बन्द रहनेछ । मेगा बैंकले गण्डकी विकास बैंकलाई एक बराबर एक शेयरको अनुपातमा प्राप्ति गरेको हो ।

एकीकृत कारोबार पछि मेगा बैंकको शाखा सञ्जाल ५८ वटा जिल्लामा फैलने भएको छ भने देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११ औं स्थान,कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने छ ।

अब हुने मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ भने निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी हुने छ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।