सामान्य घट्यो सुनको भाउ

Jun 30, 2020 12:12 PM Merolagani



सुनको भाउ असार १६ गते मंगलबार सामान्य घटेको छ। पछिल्लो समय उच्च दरले बढिरहेको सुनको भाउ मंगलबार तोलामा १०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघले मंगलबार सुनको भाउ प्रतितोला ९१ हजार २०० रुपैयाँ र तेजाबी सुनको भाउ ९० हजार ७६५ रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला ९४५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।