मर्जरमा जाने विषेश प्रस्ताव सहित एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा

Jun 30, 2020 12:08 PM Merolagani



एभरेष्ट इन्स्योरेन्स (EIC) ले मर्जरमा जाने विषेश प्रस्ताव सहित २५ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले संञ्चालक समितिको असार १५ गते बसेको निर्णय अनुसार साउन ६ गते दिउसो २ बजे, अग्रवाल भवन, कमलपोखरीमा साधारण सभा बोलाएको हो।

साधारण सभाले निर्जीवन बीमा व्यसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विषेश प्रस्ताव पारित गर्नेछ।

सो प्रयोजनको लागि नियमनकारी निकाय वा कार्यालयबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा त्यसलाई पनि संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु लागि समेत सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको छ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २५ गते बुक क्लोज गर्नेछ। त्यस अनुसार असार २४ गते बुधबारसम्म कायम शेयरधनी साधारण सभामा सहभागी हुन पाउनेछन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 

 




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।