मञ्जुश्री फाइनान्सले ५० करोेड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने

Jul 01, 2020 07:52 AM Merolagani



मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। फाइनान्सले १०.५ प्रतिशत ब्याज दरमा ८ वर्षे अवधिको ऋणपत्र जारी गर्न लागेको हो।

ऋणपत्र जारी गर्न फाइनान्सले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ।

चुक्ता पूँजी ८१ करोड ८१ लाख रुपैयाँ र १९ करोड ७२ लाख रुपैयाँ  संचित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र जारी पश्चात प्राप्त पूँजीबाट संस्थाको थप व्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको छ।
फाइनान्सले चैत्रसम्ममा ८ अर्ब १० करोड निक्षेप संकलन गरी ६ अर्ब ७० करोड कर्जा लगानी गरेको छ।

नयाँ बानेश्वर काठमाण्डौंमा केन्द्रिय कार्यालय रहेको फाइनान्सले न्युरोड काठमाण्डौ, नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा विरगञ्ज शाखाबाट कारोबार गरिरहेको छ। यो राष्ट्रियस्तरको वित्तिय संस्था हो।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।