१३ कम्पनीको शेयर लिलाम बिक्रीमा, असार २४ गतेसम्म आवेदन गर्न पाइने

Jul 01, 2020 10:51 AM Merolagani



लक्ष्मी भ्यालु फण्ड-१ परिपक्व भएसँगै आफ्नो स्वामित्वमा रहेको १३ वटा कम्पनीको शेयर लिलाम बिक्री खुल्ला गरेको छ। 

लक्ष्मी बैंक लिमिटेड कोष प्रबर्द्धक रही लक्ष्मी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको तथा लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड १ गत चैत ११ गते परिपक्व भएको हो।

सामुहिक लगानी कोष नियमावली २०६९ को व्यवस्था अनुसार योजन खारेजिमा लैजाने क्रममा आयोजनाको नाममा रहेको ३ महिना भित्र नगदमा परिणत गरी इकाइधनीहरुलाई उनीहरूको स्वामित्वको फिर्ता भुक्तानी गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार क्यापिटलले योजनाको नाममा रहेको हालै घोषणा गरिएका बोनस शेयर तथा सूचीकृत हुन बाँकी रहेको हकप्रद शेयरहरु लिलामी बिक्री गर्न लागेको हो।  

लिलामी शेयर खरिद गर्न चाहनेहरुले सात दिनभित्र आफुले लिने कित्ता र र दरभाउ समेत उल्लेख गरी आवेदन दिनुपर्नेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।