गरिमा बैंकले मिनाहा गर्यो असारको ब्याज

Jul 02, 2020 01:45 PM merolagani



गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायातलाई असार महिनाको व्याज रकम राहतस्वरुप पूरै छुट दिने जनाएको छ ।

कोभिड–१९ का कारण जारी बन्दाबन्दीले यातायात क्षेत्रमा देखिएको असहजतालाई ध्यान दिदैँ बैँकले सो निर्णय गरेको हो ।

बैंकमा सुरक्षणका रुपमा सम्बन्धित सवारी साधनसमेत धितो राखी यात्रुवाहक बस, मिनिबस, माइक्रो बस, जिप र ट्याक्सीलगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका ऋणीलाई उक्त सुविधा प्रदान गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिमको गत बैशाख, जेठ र असार महिनाको ब्याजदरमा दुई प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक असारको व्याज रकम राहतस्वरुप पूरै छुट दिने निर्णय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिनुभयो ।उहाँका अनुसार ऋणीले असार मसान्तभित्र बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।