विश्वभरमा १४८ भ्याक्सिनमाथि काम हुदैँ, १७ वटा क्लीनिकल ट्रायलको चरणमा

Jul 02, 2020 05:52 PM Merolagani



विश्वका २१६ देश यस समय कोरोना भाइरससँग लडिरहेका छन् । विश्वमा यस भाइरसबाट संक्रमित मानिसहरुको संख्या एक करोड पार भइसकेको छ भने ५ लाख भन्दा धेरै मानिसहरुले ज्यान गुमाइसकेका छन् । 

अब मानिसहरुमा एउटै मात्र प्रश्न रहेको छ कि, आखिर हामीले कहिलेसम्म कोरोना भाइससँग लड्न पर्छ? कहिलेसम्म यसको कुनै उपलब्धीपूर्ण औषधी वा भ्याक्सिन आउला त? यद्यपी यसको जवाफ हाल कोहीसँग पनि छैन ।

यद्यपी डब्ल्यूएचओका अनुसार, २८ जूनसम्म विश्वभरमा कोरोनाको १४८ भ्याक्सिनमा काम भइरहेको बताइएको छ । यिमध्ये १३१ भ्याक्सिन प्री–क्लीनिकल प्रोसेसमा रहेका छन्, जबकि बाँकी १७ भ्याक्सिन क्लीनिकल ट्रायलको चरणमा पुगिसकेका छन् ।

सामान्यतया कुनै पनि रोगको भ्याक्सिन बन्नमा १५ वर्षभन्दा पनि अधिक समय लाग्ने गर्दछ । तर विश्वभरमा कोरोनाको भ्याक्सिनलाई लिएर जुन तीव्रताका साथ काम भइरहेको छ, त्यसबाट अन्दाज लगाउन सकिन्छ कि, सन् २०२० को अन्तिमसम्म वा जून २०२१ सम्म प्रभावकारी भ्याक्सिन बनिसकेको हुनेछ ।

केही दिन पहिले मात्र पनि डब्ल्यूएचओका अध्यक्ष टेड्रोसले एक वर्ष भित्रमा कोरोनाको भ्याक्सिन आइसक्ने अपेक्षा व्यक्त गरेका थिए ।

व्रिटेनको अक्सफोर्ड यूनिभर्सिटी र त्यहाँको एउटा कम्पनी एक्ट्राजेनेका मिलेर एउटा भ्याक्सिनमाथि काम गरिरहेका छन् । उक्त भ्याक्सिन मानव परीक्षणको तेस्रो चरणमा पुगिसकेको बताइएको छ । एजेनसीको सहयोगमा




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।