नागरिकता बिधयक र निजामति बिधयकलाइ असरल्ल पारेर सरकार भाग्न खोज्नु आँधी आउनु अघिको सन्नाटा त होइन ? राजनितिक परिदृश्यले यस्तै देखिंदैछ ।
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एक्लिएका छन् । सरकार चलाउने उनको कार्यशैलीमाथि व्यापक आलोचना भएको छ।गुटको पक्ष पोषण गरेर पार्टी पंक्तिमा निराशा ल्याएको,सम्वेदनशील बिषयमा छुद्र टिप्पणी दिएको,कोरोना नियन्त्रणमा पुरै उदाशीन रहेको,बिचौलिया मार्पmत भ्रष्टचारलाइ संस्थागत गरेको लगायत सतहमा आएका कारणहरू जे भएपनि भित्री कारण प्रचण्डसँग पार्टी एकता गर्दाको समयमा भएका सहमति, राष्ट्रिय सभामा बामदेव गौतमलाइ नलगेर धोका दिएको,माधव नेपाललाइ बचनमा दिइएको तेश्रो अध्यक्षको सुनुवाइ नभएको कुराहरू जाेडताेडले उठेकाे छ । यी असन्तुष्ठि खरानी मुनिको अगुल्टो जसरी रापिएर आएको अवस्था छ ।
सचिवालयबाट स्थाथी समितिसम्म आइपुग्दा प्रधानमन्त्री ओली कमजोर देखिएका छन् ।
सरकार जोगाउन संसदीय दल र पार्टीमा हैसियत नदेखेपछि उनले हतार हतार संसदको बजेट अधिबेशन टुंग्याएका छन् । ताकी अबिश्वासको प्रस्ताव तत्काल संसदमा छिर्न नपाओस् । अविश्वासको प्रस्तावको अवस्था आउन पनि सक्ने पूर्वानुमान गरिसकेर ओलीले अधिबेशन स्थगित गरेकाे नेकपाका एक कार्यकर्ता बताउँछन् ।
प्रधानमन्त्री अाेलीले प्रचण्ड,माधव र बामदेवलाई पार्टी फुटाउन पनि सक्ने सन्देश दिँदै आफ्नै लो प्रोफाइल कार्यकर्ता निर्वाचन आयोग पठाएर एमाले नामक दल दर्ता गर्न समेत लगाइसकेका छन् । भलै ओली त्यो हदसम्म जालान भन्ने पुर्वानुमान गर्न सकिदैन ।
भारतले अतिक्रमण गरेको लिपुलेक,लिम्पियाधुरासहितको नक्सा जारी गरेका प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा त्यसकै जस देखाएर सत्ता टिकाउन खोजेको पनि देखिन्छ । उनले मदन भण्डारीको जन्म जयन्तीमा आयोजना गरिएको एक कार्यक्रममा मलाई भारतले हटाउन खोजेको छ र त्यो अभियानमा नेपाली नेताहरू संलग्न छन् भन्ने अाराेप लगाए । नक्सा जारीगरेपछि त्यही कार्डले आफु पपुलर भइरहन्छु भन्ने मनोबिज्ञानमा उनी छन् ।
नाकाबन्दीको समयमा आफूले लिएको अडानकै कारण पार्टीले बहुमत ल्याएको दावी उनको छ ।र, आफना कारणले आएको बहुमतको सम्पूर्ण लाभ आफैं र आफ्ना गुटले पाउनु पर्छ भन्ने आन्तरिक दम्भ उनले पालेको देखिन्छ । उनले माओवादीसँगको एकीकरणलाइ रणनीतिक बनाउन मात्र खोजेको देखिन्छ । प्रचण्डसँग आलोपालो प्रधानमन्त्री चलाउन भनेर गरिएको सहमतिलाइ डस्विनमा हाल्नुले पनि यही कुरा पुष्टि हुन्छ ।
नयाँ नक्सा जारी गर्दा ओलीमा देखिएको राष्ट्रवादी रूझान र नाकाबन्दीको समयमा देखिएको राष्ट्रवादी रूझान एकै नरहेको बिश्लेषण बिश्लेषकहरूले गरेको देखिन्छ । यद्यपि ओली भने नक्सा जारी गरेपछि आफू झन पपुलर हुने साेचाइमा छन् । त्यही साेचले डेरा जमाउँदा उनी कसैलाइ नटेर्ने हैसियतमा पुगेका छन् ।
यस अघि राष्ट्र निर्माणका लागि ओलीसँग पर्याप्त समय रहेको र त्यो समय पुरै खेर गएकाले अब ओलीको राष्ट्रबादी कार्ड भुत्ते भएको बिश्लेषण गर्न थालिएको छ ।
तर ओली र उनको गुट यो मान्न तयार छैन । नेकपामा अन्य नेतामा रहेको जनमत र आफु एक्लैमा रहेको जनमत मध्ये आफ्नै भारी हुने अनुमानमा उनी छन् । नेकपाका एक नेताले मेरो लगानीलाई भने,'सरकार चलाउनै नसक्ने अवस्था आए पार्टी फुटाउने अध्यादेश ल्याएर केपीले पार्टीमा आतंक ल्याउन सक्छन् जसरी एमाले दल दर्ता गरेर हलचल ल्याउन खोजे । नक्साका कारण मलाइ हटाउन लागे भनेर आफु निकटका युवा बिद्यार्थीलाइ सडकमा उतार्न सक्छन् । जुन उतारिनै सके ।'
अहिले ओलीले व्लाक मेलिङबाट अन्य नेतालाई गलाउन खोज्नु, बाहेक केही गर्न सक्दैनन् । काम नै नपरी राष्ट्रपति निवास धाइरहनु पनि एक किसिमको व्लाक मेलिङ नै हो । संसद अधिवेशन स्थगित गर्नु अर्काे व्लाकमेलिङ हो ।
प्रधानमन्त्री ओलीले एकाङ्की तरिकाले सरकार चलाउन खोज्दा चौतर्फी बिरोध भएको देखिएको छ । पार्टी भन्दा गुटको पक्ष पोषण गर्दा पार्टीमा तीब्र मतभेद देखिएको छ । केही राम्रा कामहरू सरकारले गरेपनि कोरोाना व्यवस्थापनका चुक्दै जाँदा जनताले बिश्वास गर्न छाडेका छन् ।
पार्टी राजनीतिलाई सन्तुलन राख्नु,बिगतको सहमतिको पालना गर्नु,गुट पक्षधरता परित्याग गर्नु,राष्ट्रियताको कार्ड सत्ता बचाउने अस्त्र नबनाउनु, संबेदनशील बिषयमा अभिव्यक्ति दिँदा बिवेक प्रयोग गर्न सके भने मात्र ओलीले सरकार, पार्टी र जनतासामु बिश्वास जित्न सक्ने छन् ।
प्राप्त सयमको सदुपयोग गर्न चुकेका प्रधानमन्त्रीलाई राष्ट्रियताको कार्डबाट मात्र जनताले सधैं जनताले भोट दिइरहने छन् भन्ने मान्न थाले त्यो सोचाइ कालान्तरमा आत्मघाती हुनसक्छ ।
पार्टी भित्र सरकार परिवर्तनका जे जति प्रयत्न भए पनि जनता स्थीर सरकार चाहन्छन् । याे सरकारकाे ठाँउमा अर्काे सरकार बनेपनि परिणामकाे हिसावले जनतालाइ खासै फरक पर्दैन । जुन बिगतले नै देखाएकाे छ ।
दुइ ितहाइ मत आएर पनि असामयिक सरकार परिर्वतन हुनु राष्ट्र र जनताकाे पक्षमा हुने छैन । जनताकाे याे हार्दिक चाहानालाइ प्रधानमन्त्री स्वयंले मनन गर्नु पर्ने देखिन्छ । प्रधानमन्त्रीले आत्म आलाेचना गरे स्थिति सुर्धेला, तिकडम चाल्न थाले परिस्थिति उनकाे काबु बाहिर जानसक्छ ।