प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन

Jul 03, 2020 10:23 AM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन गर्ने असार १९ गते शुक्रबार अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले चैत १८ गतेदेखि बिक्री खुल्ला गरेको हकप्रद शुक्रबारबाट बन्द गर्न लागेको हो।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु र सेन्ट्रल फाइनान्स तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने व्यवस्था रहेको छ।

कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो। कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो।

हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले माघ २७ गते सोमबार शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरेको थियो। जस अनुसार माघ २६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यस इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्न पाउनेछन्।

इन्स्योरेन्सको यस हकप्रदलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको सङ्केत गर्दछ।

हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब दुई करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।