साधना लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Jul 05, 2020 06:14 AM Merolagani



साधना लघुवित्तको आईपीओ आज (असार २१ गते) देखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ। लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणहरुको लागि जारी गर्ने भएको हो।

लघुवित्तको उक्त आईपीओमा छिटोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधि भित्रमा सबै शेयर बिक्री नभएको खण्डका ढिलोमा साउन ४ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरेको छ।

लघुवित्तको आईपीओमा न्यूूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्रीको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले लिएको छ।

लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ। लघुवित्तको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।