एक अर्बभन्दा बढीको कारोबार हुँदा नेप्से ९ अंक बढ्यो, ३ कम्पनीको शेयरमूल्यमा सर्किट

Jul 05, 2020 04:04 PM Merolagani



साताको पहिलो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन १७२ कम्पनीको २० हजार ४७४ पटकको कारोबारमा १ अर्ब ३ करोठ ३३ लाख ९० हजार रुपैयाँ बराबरको २१८ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से परिसूचक ९.३५ अंक बढेर बन्द भएको छ। कारोबारको पहिलो एक घण्टामा तीव्र उतारचढाव भएको बजारमा मध्यान्हपछि करिब स्थिर देखिएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागेर बन्द भएको थियो। यस दिन नेप्से ०.७४ प्रतिशत बढेर १ हजार २६५.४५ विन्दुमा पुगेको छ। त्यसैगरै, सेन्सेटिभ इण्डेक्स यस दिन ०.५५ अंक अर्थात ०.२० प्रतिशत बढेर २६९.५८ विन्दुमा पुगेको छ।

३ कम्पनीको शेयरमूल्यमा सर्किट

आइतबार ३ कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ। यस दिन सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो भने साल्ट ट्रेडिङ्ग कर्पोरेशन र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो। यस दिन सूर्योदयको शेयरमूल्य ५४ रुपैयाँ बढेर ६०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। साल्ट ट्रेडिङ्ग र सेन्ट्रल फाइनान्सको शेयरमूल्य यस दिन क्रमशः २८५ रुपैयाँ र १३ रुपैयाँ घटेको छ।

नेपाल पुनर्बीमा र नेपाल लाइफको सर्वाधिक कारोबार

आइतबार नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी शेयर खरिदबिक्री भएको छ। पुनर्बीमा कम्पनीको यस दिन ९ हजार ७१३ पटकको कारोबारमा १५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने नेपाल लाइफको कारोबार रकम १० करोड नाघेको छ।

७ उपसमूह हरियो

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ७ उपसमूह बढेर हरियो भएका छन् भने बाँकी ५ उपसमूह घटेर राता भएका छन्। जीवन बीमा उपसमूहको परिसूचक यस दिन २.९, अन्यको २.९४, उत्पादनको ०.८१, होटलको ०.५३, निर्जीवन बीमाको ०.५, लघुवित्तको ०.४७ र बैंकिङ्गको ०.३१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधित ८.४६ प्रतिशत घटेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।