काेराेनाकाे महामारीकैबीच अस्ट्रेलियाका अर्थमन्त्रीले गरे राजनीतिबाट बिश्राम लिने घाेषणा

Jul 05, 2020 05:58 PM agency



अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोम्र्यानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिने आइतबार घोषणा गर्नुभएको छ ।

कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुनुहुन्छ । उहाँले राजनीतिलाई आफ्नो जीवनको सबैभन्दा ठूलो अवसर बताउनुभएको छ । सन् २००७ मा पश्चिमी अस्ट्रेलियाको सिनेटरका रूपमा निर्वाचित बन्नुभएका कोम्र्यानले सन् २०१३ पछि बनेका विभिन्न सरकारको अर्थमन्त्रीका रूपमा काम गर्दै आउनुभएको छ ।

कोम्र्यानले आफ्नो राजनीतिक जीवनबाट विदा लिन लाएको जानकारी गराउँदै जारी वक्तव्यमा भनिएको छ, “म यस पद९अर्थमन्त्री० का रूपमा यस वर्षको बजेटलाई तयार गर्दासम्म रहनेछु । कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा वार्षिक बजेट तयार गर्ने मिति आगामी अक्टोबरका लागि सारिएको छ ।

“मैले यो काम मन पर्छ । मैले हरेक दिन यसैका लागि अर्पण गर्ने गरेको छु । तर यस वर्षको अन्त्यसम्म यो सरकारको आधा कार्यकाल पनि सकिनेछ ।”

उहाँले भन्नुभयो, “अर्को निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गर्दै मैले प्रधानमन्त्री स्कट मोरिसनसँग सल्लाह गरिसकेको छु कि सन् २०२० को अन्त्य नै मलाई आफ्नो पदबाट विदा लिन उपयुक्त समय हुनेछ ।”

कोम्र्यानको राजिनामा यति वेला आएको छ जति वेला अस्ट्रेलियाले विश्वव्यापी महामारीका कारण ठूलो बजेट घाटाको सामना गरिरहेको छ । कोम्र्यानको राजिनामासँगै प्रधानमन्त्री मोरिसनले आफ्नो मन्त्री परिषद्मा फेरबदल गर्नुहुने पनि अनुमान गरिएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।