ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंककाे निर्देशन कुर्दै व्यवसायी

Jul 07, 2020 07:26 AM Merolagani



सुवास निरौला

असार मसान्त नजिकिँदै छ। कार्यालयहरूमा हिसाबकिताब मिलान गर्न भ्याइ नभ्याई छ।यति बेला जति ठूला कार्यालय उति नै बढी प्रेसरमा  काम भइरहेको छ। 

बढी काम भएका कार्यालयहरूले आफ्ना कर्मचारीलाई ओभर टाईम  खटाउन थालेका छन्। ओभर टाइम काम गरिरहेका कर्मचारीले घरायसी फोन समेत उठाउन भ्याएका छैनन्।

पर्यटन व्यवसायमा, पद यात्रा व्यवसायी, ठूला होटल,सार्वजनिक यातायात व्यवसायी, निजी स्कुललाई भने यति बेला असार मसान्तले ठूलै तनाव दिएको छ।उद्योगी व्यवसायी समेत यति बेला असार मसान्तको प्रेसरमा छन्। लिने रकम उठेको छैन,दिने रकमको दायित्व बढ्दै गएको छ।

लिने दिने रकम राफसाफ गर्न नसकेपछि असार मसान्त अघि नै धेरै व्यवसायीले व्यवसाय नै बन्द गरिसकेका छन्। धेरै उद्योग बिक्रीमा छन्। एक स्कूलले बालबालिका नपठाउनु भनेर विद्यालय नै बन्द गरेको छ। "एक साताअघि अब बालबालिका नपठाउनुस्। अन्तै व्यवस्था गर्नुहोला" मन्टेश्वरि पढाउँदै आएका एक अभिभावकले भने। 

यही अवधिमा केही ग्यास उद्योग बिक्री भए। काठमाण्डौको ठमेल स्थित पर्यटकीय बजारका  पसलहरू, पर्यटक शून्य भएपछि बन्द भएका छन्। "पर्यटक फिटिक्कै छैन। ठमेलको कोठा भाडा धान्न सक्ने अवस्था भएन । अनि बन्दै गरियो" ठमेल स्थित एक व्यवसायीले मेरो लगानीसँग भने।

यति बेला साना तथा मझौलादेखि ठूला व्यवसायीकाे आर्थिक अवस्था जीर्ण बन्दै गएको छ। थलिएका व्यवसायीलाई बैक ऋणको साँवा,ब्याज दुवै तिर्न हम्मे हम्मे परेको छ। जसो तसो व्यवसायलाई उभ्याउँदै आएका व्यवसायी थप ऋणको साँवा व्याज तिर्ने स्थितिमा छैनन्। तर  यता बैंकहरूले ऋणको साँवा व्याज तिर्ने समय असार मसान्त तोकिदिएका छन्। यही स्थिति रहिरहने हो भने ठूलो सङ्ख्यामा व्यवसायीहरूको व्यवसाय धरापमा पर्ने निश्चित देखिएको छ।

चैत देखिनै खप्टिदै आएको ऋणको किस्ता र व्याज दुवै तिर्न सक्ने स्थिति नभएको कारण। थलिएका व्यवसायी बैकमा गएर समय बढाइदिन अनुरोध गर्न थालेका छन्। तर बैकहरूले उनीहरूलाई केन्द्रीय बैकले निर्देशन नदिएका कारण कुनै सहयोग गर्न नसक्ने जवाफ दिने गरेका छन्। जसले व्यवसायी केन्द्रीय बैंकले नै केही गर्दियोस् भन्ने आशमा छन्। सोही कारण उनीहरूले आफ्नै छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घलाई कुरा उठाउन दबाब दिन थालेका छन्।

काठमाडौँ मात्रै होइन देशै भरिबाट व्यवसायीहरूले छलफल अघि बढाउन महासंघमा पत्राचार समेत गरेका छन्।महासङ्घले लगातार सरोकारवालासँग छलफल गरिरहेको छ।"साँवा र व्याज तिर्ने विषयमा महासङ्घका साथीहरूले लगातार सरोकार वाला सँग छलफल गरिरहनु भएको छ"नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भने।

एक साता अघि महासङ्घका प्रतिनिधिले नेपाल राष्ट्र बैंकका अधिकारीहरूसँग भेटेर यस विषयमा सम्बोधन गरिदिन आग्रह गरेका थिए।केन्द्रीय बैंकका अधिकारीले मौद्रिक नीति मार्फत सम्बोधन गरिदिने आश्वासन दिएपछि महासङ्घका प्रतिनिधिले मौद्रिक नीति नै असार मसान्त अघि नै ल्याइदिन माग गरेका थिए ।कुनै निष्कर्ष ननिस्किएपछि अर्को छलफल बिहीबार तोकिएको छ।उक्त छलफलले  किस्ता र व्याज तिर्ने समय लम्बिने आशा व्यवसायीले गरेका छन्।

सक्नेले समयमै किस्ता र व्याज तिर्नु पर्छ तर नसक्नेका लागि भने समय बढाउनै पर्ने बताउँछन्। "सक्नेले समयमै किस्ता र व्याज तिर्नु पर्छ तर नसक्नेका लागि भने समय बढाउनै पर्छ" मुरारकाले भने।  




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।