एक्वीजिसन प्रकृयामा रहेको देवः विकास बैंकको किन भयो कारोबार ? नेप्से के भन्छ ?

Jul 06, 2020 06:04 PM Merolagani



कुमारी बैंक (KBL) सँग एक्वीजिसन प्रकृयामा रहेको देवः विकास बैंकको सोमबार नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार भएको छ। कुमारी बैंकसँग गाभिने सम्झैता गरेको देवः विकास बैंकको साेमबार ३३९ कित्ता शेयर खरिद बिक्री भएको हाे।

देवः विकास बैंकले यसअघि वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो। केन्द्रिय बैंकले देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकको मर्जर तथा एक्वीजिसन सम्बन्धि प्रकृया पुरा भएको पत्र नेप्सेलाई पठाएको थियो। सोही अनुसार नेपाल स्टक एक्सचेञ्जले बैंकको कारोबार खोल्यो।, तर देवः विकास बैंकले फेरी कुमारी बैंकसँग गाभिने सम्झौता गरिसकेको थियो र साेही कारण उसको कारोबार रोक्का गरिएको थियो।

सोमबार नेप्सेकै गल्तिका कारण बैंकको शेयर कारोबार खुलेको बुझिएको छ। उक्त कारोबार रद्द हुने नेप्सेले जनाएको छ। सोमबार बैंकको ५ वटा कारोबारमा ५० हजार ४०३ रुपैयाँ बराबरको ३३९ कित्ता शेयर कारोबार भएको थियो।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।