नेप्से सूचक ३७ अंकले बढ्यो,खरिद चाप बढ्दा १२ वटै उपसमुह सकारात्मक

Jul 07, 2020 04:02 PM Merolagani

असार २३ गते मंगलबार सबैजसो कम्पनीको शेयरमूल्य बढ्दा नेप्से सूचक २.९२ प्रतिशतले बढेको छ भने कारोबारमा आएका सबै उप समुहका सूचक सकारात्मक देखिएका छन्।

शेयर बजारमा बिक्रीभन्दा खरिद चाप बढ्दा अधिकाँश कम्पनीको शेयरमूल्य बढेको छ। कारोबारमा आएका १२ वटा उपसमुहमध्ये होटल उपसमुहको सूचक सबैभन्दा धेरै ८.८८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा कम्पनी उपसमुहको सूचक पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ। 

मंगलबार दिन १७८ वटा कम्पनीको २८ लाख ८३ हजार कित्ता शेयर १ अर्ब २१ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ९ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ६० लाख, हिमालयन डिस्टिलरीको ५ करोड ८६ लाख, एनएमबि बैंकको ५ करोड ९ लाख र छिमेक लघुवित्तको ४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन २३ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। जसमा प्रुडेन्सीयल इन्स्योरेन्स,ओरियन्टल होटल,नेपाल सेवा लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र मञ्जुश्री फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

कारोबारमा आएका कम्पनीहरुमध्ये १४ वटा कम्पनीको शेयरमूल्य सामान्य घटेको छ। खनिखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.८४ प्रतिशतले घटेको छ भने ग्लोबल आइएमई लघुवित्तको ३.७१ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ३.४४ प्रतिशत र रिलायन्स फाइनान्सको ३.०७ प्रतिशतले घटेको छ। कारोबारमा आएका कम्पनीहरुमध्ये ८ वटा कम्पनीको शेयरमूल्य भने परिवर्तन भएको छैन।

मंगलबार नेप्से सूचक ३७.९३ अंकले बढेर १३३६.६६ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक ६.७१ अंकले बढेर २८२.५९ विन्दुमा पुगेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।