नबिल बैंक र ह्ववावै टेक्नलोजीज् बिच रणनैतिक साझेदारी सम्झौता सम्पन्न

Jul 09, 2020 12:35 PM Merolagani



नबिल बैंकले ह्ववावै टेक्नलोजीजसँग रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ। उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा ह्ववावै टेक्नलोजीज् नेपालका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरेका हुन् ।

नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल केशरी शाहले ह्ववावै जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीस“गको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित "लिडिंग डिजीटल बैंक" बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रमा बोल्दै ह्ववावै टेक्नलोजीज् नेपालका प्रतिनिधिले ह्ववावैले आफ्ना वीत्तिय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा ह्ववावै नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामाफर्त बैंकले आफ्ना ग्राहकलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरु प्रदान गर्न सशक्त बनाई दुई कम्पनी बीचको सहकार्य र आपसी विश्वासको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

हाल विश्व भरी १६०० भन्दा बढी वित्तीय संस्थाहरु ह्ववावैका ग्राहक छन् जस मध्ये उत्कृष्ठ ४५ संस्थाहरु सर्वोत्कृष्ठ १०० मा पर्छन् ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।