माैद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबारे निर्णय गर्दा पूँजी बजारमा पर्ने असरकाे पनि ख्याल गर्नुपर्छ- भीष्मराज ढुङ्गाना

Jul 09, 2020 04:54 PM Merolagani



नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको बैंक तथा वित्तीय संस्थाबारे निर्णय गर्दा पूँजी बजारमा पर्ने असरकाे पनि ख्याल गर्नुपर्ने बताएका छन् ।

राष्ट्र बैंकले बिहीबार आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन गर्ने कार्यक्रममा उनले भने 'पूँजी बजारमा बैंक तथा वित्तीय संस्थाको ठुलो हिस्सा छ र तिनीहरूको स्वास्थ्य,पर्फर्मेन्सले प्रभाव पार्ने भएकाले यस सम्बन्धि नीति लिदा क्यापिटल मार्केटमा के असर पार्छ र शेयरधनीको अवस्थामा के फरक पार्छ भन्ने विचार गर्नुपर्छ।' 

त्यसैगरी उनले मौद्रिक नीतिले शेयरको धितोको कर्जा बढाउने र शेयर कर्जा लिने पनि अन्य कर्जा सरह नै सुविधा पाउनुपर्ने बताए। त्यसैगरी बैंकिड सेक्टरबाट शेयरधितो कर्जालिँदा लाग्ने सिमाको प्रतिबन्ध हटाउन समेत उनले आग्रह गरे।

कुल कर्जा बक्यौताको१० प्रतिशतसम्म कर्जा लिन पाउने एकतिर छ,जस अन्तरगत ३ खर्ब २० अर्बको कर्जा त्यो क्षेत्रमा जान सक्ने स्थीति छ तर अर्कोतर्फ चुक्ता पूँजी र प्राथामीक पूूँजीको सिमाले ५० अर्ब भन्दा धेरै जान सक्ने नदेखिएकोले त्यस्तो प्रतिबन्ध नलगाउन उनले आग्रह गरे।

त्यसैगरी बैंकहरुले अनिवार्य रुपमा पूँजी २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था छ। जसमा हालसम्म १४ वटा बैंकले ३९ अर्बको ऋणपत्र जारी गर्न अनुमति लिएका छन्। ७७ अर्बको ऋणपत्र जारी हुनुपर्नेमा ३१ अर्ब अझै बाँकी छ। उक्त रकम उत्पादनमुलक क्षेत्रमा लगानी गर्न पाउने संयन्त्र बनाए राम्रो हुने उनले बताए। संयन्त्रको जरुरी भए क्यापिटल मार्केटले बनाइदिने उनले बता'यसमा छलफल गरेर ती रिसोर्सेसलाई लगानी गर्ने वातावरण बनाउ।' उनले भने।

 




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।