ज्योति लाईफद्वारा जीवन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

Jul 09, 2020 06:29 PM Merolagani



ज्योति लाईफ इन्स्योरेन्सले प्रादेशिक कार्यालय धनगढीबाट जीवन बीमा गरेका बीमित स्व. जगदिश कुमार भट्टको दाबी भुक्तानी रकम  दुई लाख ९ हजार ८०० रूपैयाँ  हस्तान्तरण गरेकाे छ ।

२०७६ फागुन ८ गते उपचारको क्रममा निधन भएका भट्टको आवश्यक कागजात तथा निवेदन पेश गरि बीमितका श्रीमती मन्जु कुमारी भट्टले भुक्तानी रकम लिएकी हुन्।

कम्पनीका धनगढी प्रादेशिक प्रमुख देश राम चौधरीले दाबी रकम दुई लाख रूपैयाँ तथा बोनस रकम  ९ हजार ८०० रूपैयाँ गरी जम्मा दाबी रकम दुई लाख ९ हजार ८०० रूपैयाँ दाबीकर्ता मन्जु कुमारीलाई हस्तान्तरण गरेका  छन्।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।