ज्योति लाईफद्वारा जीवन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

Jul 09, 2020 06:29 PM Merolagani



ज्योति लाईफ इन्स्योरेन्सले प्रादेशिक कार्यालय धनगढीबाट जीवन बीमा गरेका बीमित स्व. जगदिश कुमार भट्टको दाबी भुक्तानी रकम  दुई लाख ९ हजार ८०० रूपैयाँ  हस्तान्तरण गरेकाे छ ।

२०७६ फागुन ८ गते उपचारको क्रममा निधन भएका भट्टको आवश्यक कागजात तथा निवेदन पेश गरि बीमितका श्रीमती मन्जु कुमारी भट्टले भुक्तानी रकम लिएकी हुन्।

कम्पनीका धनगढी प्रादेशिक प्रमुख देश राम चौधरीले दाबी रकम दुई लाख रूपैयाँ तथा बोनस रकम  ९ हजार ८०० रूपैयाँ गरी जम्मा दाबी रकम दुई लाख ९ हजार ८०० रूपैयाँ दाबीकर्ता मन्जु कुमारीलाई हस्तान्तरण गरेका  छन्।

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।