माैद्रिक नीतिले मर्जरलाई नै निरन्तरता दिने,महामारीबाट प्रभावित क्षेत्रलाई प्राथमिकतामा सहुलियत प्रदान गर्ने

Jul 13, 2020 03:55 PM Merolagani



नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेत बैंक तथा वित्तीय संस्था मर्जर गर्ने विषयलाई प्रथामिकता दिने संकेत दिएकाे छ। संघीय संसदको अर्थ समितिमा मौद्रिक नीतिका प्राथमिकताहरु पेश गर्दै गभर्नर महाप्रसाद अधिकारीले वित्तीय स्थायित्वलाई बढवा दिन मर्जरलाइ प्राथमिकता दिइने बताका हुन् ।

राष्ट्र  बैंकले  कोभिड १९ को संकटले सिर्जना गरेको अनिश्चितताका विषयमा मौद्रिक नीतिको प्राथमिकता तर्जुमा भइरहेको उल्लेख गरेको छ । महामारीबाट प्रभावित क्षेत्रलाई प्राथमिकतामा आधारमा सहुलियत प्रदान गरी बचाई राख्ने साथै शीघ्र आर्थिक पुनरुत्थानका लागि वित्तीय साधनको उपलब्धता बढाउने दिशामा  माैद्रिक  नीति केन्द्रित रहने गर्भनरकाे भनाइ छ ।

केन्द्रिय बैंकले नेपाल सरकारको १५औं योजना, वित्तीय क्षेत्र विकास रणनीति, आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट, बैंकको तेस्रो रणनीतिक योजनासँग सामञ्जस्यता कायम गर्ने गरी काम गरिरहेकाे गभर्नर अधिकारीले समितिमा जानकारी गराए ।

साथै, नीतिले आन्तरिक उत्पादन तथा रोजगारी प्रवद्र्धन हुने र उद्यमशीलता विकास हुने क्षेत्रमा वित्तीय स्रोत केन्द्रित गर्न जोड दिने भएको छ । मूल्य तथा बाह्य क्षेत्र स्थायित्वमा जोखिम नआउने गरी वित्तीय सहजीकरण गर्ने दिशामा समिष्टगत विवेकशील नियमनका उपाय अपनाउनु पर्ने अवस्था रहेको उल्लेख गरिएको छ । नीतिले नेपाल सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक तथा कर्जा व्यवस्थापन गर्ने छ ।

यस्तै गभर्नर अधिकारीले कोरोनाका संक्रमण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण तीन महिना यता बैंकिङ प्रणालीमा अधिक तरलता थपिएको बताए । उनले बैंकिङ प्रणालीमा एक खर्ब ६६ अर्ब अधिक तरलता रहेको जानकारी दिए।यस्तै तीन महिनामा निक्षेप एक खर्ब ७२ अर्ब संकलन भएकोमा १६ अर्ब मात्रै कर्जा प्रवाह भएको राष्ट्र बैंककाे तथ्यांक छ ।

यस्तै छलफलमा सहभागि सदस्यहरुले कोभिड १९ पछिको अर्थतन्त्रलाई उकास्ने गरी मौद्रिक नीति ल्याउनु पर्ने सुझाव दिएका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी मौद्रिक नीतिले कोरोना पछि पारेको अर्थतन्त्रलाई टेवा पुग्ने गरी ल्याउनु पर्ने बताए । पुर्व अर्थमन्त्री समेत रहेका उनले मौद्रिक नीतिले बढी अपेक्षा भन्दा पनि लक्ष्य निर्धारण गर्नुपर्ने भनाई राखे ।

यस्तै पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना पछि थिलथिलाे भएको अर्थतन्त्रलाई जोड दिएर मौद्रिक नीति आउनु पर्ने बताए । 

माैद्रिक नीतिकाे प्राथमिकता यस्ता छन् । 

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।