लकडाउनले ४ महिनादेखि ठप्प रहेकाे बैंकहरूको कर्जा असारकाे अन्तिम साता ह्वातै बढ्यो

Jul 13, 2020 03:19 PM Merolagani



लकडाउनका कारण पछिल्लो साढे चार महिनादेखि न्यून रहेको बैंकहरूको लगानी असारको चौथो सातामा बढेको छ। लकडाउनका कारणले ठप्प भएको कर्जा लगानी असार तेस्रो सातासम्म पनि न्यून थियो। 

असारको चौथो सातामा वाणिज्य बैंकहरूको कर्जा लगानी ३३ अर्ब रुपैयाँले बढेको बैंकर्स संघको तथ्याकंले  देखाएकाे छ। जेठकाे अन्तिम साता ७ अर्बले घटेको बैंकहरूको लगानी असार पहिलो साता ५ अर्ब, दोस्रो साता २ अर्ब रुपैयाँले घटेको थियो भने तेस्रो साता स्थीर रहेको थियो। कुमारी बैंकले यसै साता देवः विकास बैंकलाइ गाभेर एकिकृत काराेबार थालेकाे थियाे। जसले गर्दा देवः विकास बैंककाे निक्षेप र कर्जा पनि वाणिज्य बैंकमा थपिएकाे छ। 

यस साता बैंकहरूको निक्षेप संकलन पनि ह्वातै बढेको छ। एक सातामा बैंकहरूको निक्षेप संकलन ६५ अर्ब रुपैयाँले बढेको छ। असार महिनामा मात्र बैंकहरूको निक्षेप संकलन १ खर्ब १३ अर्ब रुपैयाँले बढेको छ।

अहिले बैंकिङ प्रणलीमा उच्च तरलता रहेको छ। जसले गर्दा कर्जा लगानी बढाउन बैंकहरूले पछिल्लो समय नयाँ नयाँ स्किम ल्याएका थिए। केहि दिन यता भने बैंकहरूको कर्जा लगानी बढेको छ। पछिल्लो समय कर्जाको माग पनि बढीरहेको बैंकरहरू बताउँछन्।

गत वर्ष यस अवधिमा बैंकहरूको निक्षेप संकलन र कर्जा लगानी दुबै न्यून थियो। असार चौथो साता निक्षेप संकलन २८ अर्ब रुपैयाँले बढेको थियो भने कर्जा लगानी २ अर्ब रुपैयाँ मात्र बढेको थियो।

असार २६ गतेसम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन ३३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी २८ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकहरूको निक्षेप संकलन २८ खर्ब ६२ अर्ब र कर्जा लगानी २४ खर्ब ८२ अर्ब रुपैयाँ थियो।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।