रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

Jul 13, 2020 02:51 PM Merolagani



रिलायन्स लाइफ इन्स्योरेन्सको असार २८ गते आईतबार तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सर्वसाधारणका लागि शेयर (आइपिओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीको अधिकृत पूँजी तीन अर्ब रुपैयाँ र जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

यसका साथै सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवंम अन्य सुविधाहरु निर्धारण तथा प्रस्ताव पारित गरेको छ ।

साथै, सो सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।