रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

Jul 13, 2020 02:51 PM Merolagani



रिलायन्स लाइफ इन्स्योरेन्सको असार २८ गते आईतबार तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सर्वसाधारणका लागि शेयर (आइपिओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीको अधिकृत पूँजी तीन अर्ब रुपैयाँ र जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

यसका साथै सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवंम अन्य सुविधाहरु निर्धारण तथा प्रस्ताव पारित गरेको छ ।

साथै, सो सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरेको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।