ज्याक माले घटाए अलिबाबामा आफ्नो शेयर हिस्सा

Jul 13, 2020 04:49 PM Merolagani



अलिबाबाका सह संस्थापक ज्याक माले कम्पनीमा आफ्नो शेयर हिस्सा घटाएका छन्। उनले ८.२ बिलियन डलर बराबरकाे शेयर बिक्री गरी आफ्नो हिस्सा ६.२ प्रतिशतबाट घटाएर ४.८ प्रतिशतमा झारेका हुन्।

उनले हालकाे मूल्यमा साे रकम बराबरकाे शेयर बेचेका हुन्। सेप्टेम्बरमा चिनियाँ ई-कमर्स कम्पनीको कार्यकारी अध्यक्षको रुपमा सेवा निवृत्त भएपछि ज्याकले औपचारिक व्यवसायिक भूमिकाबाट पछि हटेका हुन्। एक वर्ष अघि कम्पनीको शेयर मूल्य करिब ४० प्रतिशत बढेको थियाे। यद्यपि, कम्पनीले उनले बिक्री गरेको शेयर मूल्यका बारेमा केहि खुलाएको छैन।

कोरोना महामारीका कारण चीनको अर्थतन्त्रमा आएको गिरावटसँगै अनलाईन खरिद बढेकाले यस कम्पनीको शेयरमूल्य बढेको हो।

अलिबाबाका कार्यकारी उपाध्यक्ष जोसेफ साइ पनि सोहि अवधिमा कम्पनीको शेयर बिक्री गरेका छन्। बिक्रीपश्चात, २.२ प्रतिशत रहेकाे उनकाे शेयर हिस्सा घटेर १.६ प्रतिशतमा सीमित भएकाे छ। उनले शुक्रबार ३.३ बिलियन डलर बराबरकाे शेयर बिक्री गरेका छन्।

डेनियल जङ अलिबाबाको अध्यक्ष घोषित भए यता ज्याक र जोसेफ दुबैले अलिबाबाको नियमित संचालनमा सहभागीता घटाएका थिए।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।