प्रधानमन्त्रीको अयोध्याबारे टिप्पणीकाे विषयमा परारष्ट्र मन्त्रालयकाे स्पष्टिकरण

Jul 14, 2020 06:53 PM Merolagani



परारष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्याबारे टिप्पणीका विषयमा स्पष्टीकरण दिएको छ  ।

मन्त्रालयले मंगलबार बेलुका एक विज्ञप्ती जारी गर्दै साेमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्रीले बोलेका उक्त कुरा कुनै राजनैतिक विषयसँग सम्बन्धित नरहेको बताएको छ । मन्त्रालयले प्रधानमन्त्रीकाे भनाईले कसैको भावनामा चोट पुर्याउने उद्देश्य नरहेको पनि जनाएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीकाे धारणा सामान्य रुपमा श्री रामसँग सम्बन्धित थप तथ्यहरु अध्ययन तथा विशाल सांस्कृतिक अनुसन्धानको महत्वबारे प्रकाश पार्ने क्रममा बाेलिएकाे मन्त्रालयले बताएको छ । ती टिप्पणीहरुमा अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अपमान गर्ने उद्येश्य नरहेको पनि स्पष्ट पारेको छ ।

हरेक वर्ष जनकपुरधाममा हुने जनकपुर र अयोध्यावीचको विवाह पञ्चमीको महत्वबारे समेत विज्ञप्तिमा उल्लेख गर्दै सो तथ्यहरुले दुई राष्ट्र र नागरिक बिचको सांस्कृतिक सम्बन्धलाई संकेत गर्ने पनि मन्त्रालयले जनाएकाे छ ।

सन् २०१८ मेमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेको रामायण सर्किट र जनकपुर–अयोध्या बस सेवा महत्वपुर्ण रहेको समेत विज्ञप्तिमा लेखिएको छ ।|




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।