साेमबार देशका अधिकांश स्थानमा वर्षा,सतर्क रहन अनुराेध

Jul 20, 2020 01:12 PM Merolagani



सोमबार काठमाडौं उपत्यका लगायत नेपालका अधिकांश स्थानमा निरुन्तर वर्षा भइरहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार सोमबार देशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा हुनेछ । हाल देशभर मनसुनी वायुको प्रभाव हुनकासाथै मनसुनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ।

देशको प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेशका केहि स्थानहरुका साथै प्रदेश ५,सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानमा भारी वर्षाको संभावना रहेको छ । यसका साथै यी स्थानहरुमा बाढि,पहिरो तथा डु्बान हुन सक्ने अनुमान गर्दै महाशाखाले सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।

हाल देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार,मंगलबार र बुधबार पनि मौसमले यस्तै निरन्तरता पाउने देखिन्छ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा भई पहाडी क्षेत्रमा भुक्षय हुने, सडक तथा हवाई यातायात अवरुद्ध हुनकासाथै ढल वा पानीको निकास नभएको स्थानमा डुबान हुन सक्ने जल तथा मौसम पुर्वानुमान महाखाशाखाले जनाएको छ ।

यसैगरी श्रावण ५ देखि ८ गते सम्म प्रदेश १ र २ तथा बागमती र गण्डकी प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बाग्मती, बुढीगण्डकी, सेतीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी तथा तिनका सहायक नदीहरुको जलसतह उल्लेख्य बढ्ने तथा केहिमा सतर्कता तह पार गर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै, यी प्रदेशहरुका मध्य पहाडी, चुरे तथा तराई भई बहने साना नदीनालाहरूमा श्रावण ९ गते सम्म पनि आकस्मिक बहाव हुने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।