बोनस शेयर दिँदै चुक्ता पूँजी बढाउने होड,गत वर्ष २१ % बढी पाए लगानीकर्ताले बोनस शेयर

Jul 27, 2020 02:20 PM Merolagani

सुवास निरौला

शेयर बजारमा सूचीकृत कम्पनीहरू थप बलिया हुने क्रममा देखिएका छन्।चुक्ता पूँजी वृद्धि गर्दै उनीहरू थप बलिया हुने क्रममा अघि बढेका छन्।

गत वर्ष नेपाल स्टक एक्सचेन्जमा(नेप्से) मा सूचीकृत कम्पनीहरूले बोनस शेयर लाइनै प्राथमिकतामा राखेका छन्। बोनस शेयर वितरण गर्दै उनीहरू चुक्ता पूँजी वृद्धिको अभियानमा अघि बढेका हुन्। चुक्ता पूँजी नबढाई जोखिम न्यूनीकरण हुन सक्दैन भन्ने उनीहरूको विश्लेषण छ। केहीले बाध्यताका बीच चुक्ता पूँजी बढाएका छन् भने केहीले स्वतः स्फूर्त रुपमा पूँजी बढाएका हुन्। 

अर्कातिर शेयर बजारका लगानीकर्ताको प्रमुख उद्देश्य नै नाफा कमाउनु हो । सबैभन्दा बढी नाफा दिने कम्पनी छान्न सक्नु लगानीकर्ताको बुद्धिमत्तापूर्ण निर्णय हो। कम्पनीले लगानीकर्तालाई प्रत्येक वर्ष निश्चित नाफा बाँड्ने गरेका छन्। कम्पनीले शेयर धनीलाई बोनस शेयर र नगद लाभांश स्वरूप दिन्छन्।

नेपाली शेयर बजारमा बोनस शेयर लगानीकर्ताले बढी मन पराउने गरेका छन्। तर अन्य मुलुकमा भने नगद लाभांश बढी मन पराउने गरेका छन्। किनकि बोनस शेयर दिनु भनेको कम्पनीको चुक्ता पूँजी बढ्नु हो। चुक्ता पूँजी बढ्दा लाभांश दर सोही अनुपातमा बढ्न सक्दैन। सोही कारण विदेशी लगानीकर्ताले नगदमै लाभांश दिएको मन पराउँछन्।

तर नेपालमा भने त्यसको ठीक उल्टो हुने गरेको छ। उनीहरूले नगद भन्दा बोनस लाइनै प्राथमिकता दिने गरेका छन्। बोनस शेयर वितरण गर्दा कम्पनी पूँजीका हिसाबले बलिया हुने मान्यतामा लगानीकर्ता खुसी देखिन्छन्। त्यही भएर कम्पनीहरू बोनस शेयर लाइनै प्राथमिकतामा राख्न थालेका छन् ।

गत वर्ष नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ९९ कम्पनीले  ३३ अर्व ६७ करोड रुपैयाँ बराबरको बोनस शेयर दिए। जबकि अघिल्लो वर्ष सोही अवधिमा कम्पनीहरूले २६ अर्व ७० करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेका थिए। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.७१ प्रतिशत बढी हो।

सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी बढ्दै गएपछि उनीहरूले दिने बोनस शेयरको मात्रा समेत बढ्दै गएको हो। पूँजी वृद्धिको लागि कम्पनीहरूले बोनस लाइनै प्राथमिकतामा राखेको कारण बोनस शेयर वितरण बढेको हो। 

गत वर्ष नेप्सेमा सूचीकृत समूहगत आधारमा सबैभन्दा बढी वाणिज्य बैक समूहले २२ अर्व १९ करोड रुपैयाँ बराबरको बोनस शेयर दिए भने सबैभन्दा कम होटेल समूहले एक अर्व ६३ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेका छन्।

कम्पनी रुपमा सबैभन्दा बढी बोनस शेयर वितरण गर्ने २० कम्पनीमा एनएमबि बैक सबैभन्दा माथि छ। उसले गत वर्ष शेयर धनीलाई दुई अर्व ४१ करोड रुपैयाँ बराबरको बोनस शेयर दिएको छ। बोनस शेयरकै आधारमा प्राइम दोस्रोमा परेको छ। उसले एक अर्व ५४ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेको हो। बढी बोनस शेयर वितरण गर्ने २० कम्पनीको २० औ स्थानमा छिमेक लघुबित्त रहेको छ। उसले ३२ करोड रुपैयाँ बराबरको शेयर पाएको हो।

तर रकमाको आधारमा बैक वित्तीय संस्थाको बढी देखिए पनि प्रतिशतका आधारमा साना कम्पनी समेत अग्र पङ्क्तिमा छन्। रकमका आधारमा मात्रै उनीहरू अघि देखिएका हुन्। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।