अजोड इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, भोलीबाट कारोबार खुल्ने, ओपनिङ रेञ्ज कति?

Jul 27, 2020 03:41 PM Merolagani



अजोड इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको छ। सोमबार कम्पनीको एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर भोलीदेखि कारोबार खुल्नेछ। कम्पनीले कारोबार संकेत एआईएल  पाएको छ । कम्पनीकाे पहिलो कारोबारका लागि नेप्सेले न्युनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ  ओपनिङ्ग रेन्ज तोकिएको छ ।

कम्पनीले असार २५ गते बिहिबार देखि जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो। बाँकी रहकाे २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियो।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुगेकाे छ ।  त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा कायम भएकाे छ । 

 




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।