किन भएन अजोड इन्स्योरेन्सको शेयर कारोबार? यस्तो छ कारण

Jul 29, 2020 01:16 PM Merolagani

अजोड इन्स्योरेन्स (AIL) को कारोबार खुलेको दुई दिनसम्म शेयर कारोबार हुन सकेको छैन। नेपाल स्टक एक्सचेञ्जले पहिलो कारोबारको लागि ताेकेको रेञ्ज भन्दा गलत मूल्य राखेपछि कारोबार हुन नसकेको हो। 

गत सोमबार 'सूचीकृत सम्झाैता सम्पन्न भएकाे दोस्रो दिनदेखि शेयर कारोबार खुल्ने' गरी अजोड इन्स्योरेन्स कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच सम्झौता भएपनि दुई दिनसम्म पनि शेयर कारोबार हुन सकेको छैन। 

साेमबार नेपाल स्टक एक्सचेञ्जले अजोड इन्स्योरेन्सको शेयरको पहिलो कारोबारको लागि ९७ रूपैयाँ देखि २९१ रुपैयाँको मूल्य रेञ्ज प्रदान गरेको थियो। सोहि अनुसार मंगलबार पहिलो कारोबार हुनुपर्ने थियो। तर, नेपाल स्टक एक्चेञ्जले पहिलो कारोबारमै गलत मूल्य रखिदिएपछि स्पेसल प्रि ओपन सेसनमै कारोबार म्याचिङ हुन सकेन।

नेपाल स्टक एक्सचेञ्जकै आइटि शाखाले इन्स्योरेन्सको पहिलो कारोबारको लागि ४९० को मूल्य राखेपछि कम्पनीको कारोबार हुन नसकेको हो। कम्पनीको शेयर स्पेसल प्रिओपन सेसनमा म्याचिङ नै नभएपछि नियमित समयमा कारोबार हुन नसकेको हो।स्पेसल प्रि ओपन सेसनमा कारोबारका लागि अर्डर राख्न टिएमएसमा कारोबार संकेत समेत नदेखिएको लगानीकर्ताहरुले बताएका छन्।

शेयर सूचीकृत भइ पहिलो शेयर कारोबार खुल्दा स्पेसल प्रि ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ भएपछि मात्र लगानीकर्ताले शेयर कारोबार गर्न पाउछन्। इन्स्योरेन्सको शेयर अब बिहीबार पुनः स्पेसल प्रिओपन सेसनमा जानेछ।

अब नेपाल स्टक एक्सचेञ्जले इन्स्योरेन्सको मूल्य सच्याएपछि मात्र दोस्रो बजारमा कारोबार खुल्ने छ। स्पेसल प्रिओपन सेसनमा कारोबार भएपछि मात्र दाेस्राे बजारमा शेयर कारोबार खुल्नेछ।

कम्पनीले असार २५ गते बिहीबारदेखि जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो। बाँकी रहको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरेको थियो। सो शेयर नेप्सेमा सूचीकृत भएपनि सर्वसाधारणले खरिद बिक्री गर्न पाएका छैनन्।

(नाेटः समाचार प्रविष्ट भिडियाे असावधानीवश परेकाेले हटाइएकाे छ।-सं)

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।