नेप्से दोहोरो अंकले घट्दा पनि ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कारोबार रकम डेढ अर्ब माथि

Jul 29, 2020 03:47 PM Merolagani



साउन १३ गते बुधबार शेयर बजार सूचक नेप्से दोहोरो अंकले घटेको पनि कारोबार रकम डेढ अर्ब माथि पुगेको छ।

बुधबार कारोबारमा आएका १८७ कम्पनीमध्ये १३० वटा कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक २३.३६ अंकले घटेर १ हजार ४३१.५२ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक ५.१८ अंकले घटेर ३००.४९ विन्दुमा झरेको छ। 

यस दिन १८७ वटा कम्पनीको ३८ लाख ३९ हजार कित्ता शेयर १ अर्ब ६८ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।

बुधबार कारोबारमा आएका १२ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा होटल उपसमूहको सूचक सबैभन्दा ३.६४ प्रतिशतले घटेको छ।

बुधबारको बजारमा जाशी हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने मिर्मिरे माइक्रोफाइनान्सको ९.९५ प्रतिशतले, आरम्भ चौतारी लघुवित्तको ९.८ प्रतिशत, घलेम्दि हाइड्रोपावरको ९.४३ प्रतिशत, र दिव्यश्वरी हाइड्रोपावरको ८.२२ प्रतिशतले बढेको छ।

त्यसैगरी, जनउत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.४५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ७.४ प्रतिशत, मिथिला लघुवित्तको ७.२२ प्रतिशत, स्पर्श लघुवित्तको ६.०८ प्रतिशत, नेपाल सेवा लघुवित्तको ६.८१ प्रतिशत र स्वरोजगार लघुवित्तको ६.७८ प्रतिशतले घटेको छ। 




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।