साउन लागेदेखि बैंकहरुको निक्षेप घट्न थाल्यो,कर्जा लगानी पनि निरन्तर घट्दै

Jul 29, 2020 04:46 PM Merolagani



साउन लागेदेखि बैंकहरुको निक्षेप संकलन घट्न थालेको छ। लकडाउनमा उच्च रुपले बढ्दै आएको बैंकहरूको निक्षेप संकलन साउन लागे यता घट्न थालेको देखिएको छ।

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार साउन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप संकलन २५ अर्ब रुपैयाँले घटेको छ। असार अन्तिममा मात्रै बैंकहरुको निक्षेप संकलन ९८ अर्ब रुपैयाँले बढेको थियो।

साउन यता बैंकहरुको कर्जा लगानी पनि ३६ अर्ब रुपैयाँले घटेको देखिएको छ। लकडाउन  देखिनै घट्दै आएको बैंकहरुको कर्जा लगानी लकडाउन खुलेपछि पनि बढ्न सकेको छैन। असार अन्तिम साता केहि बढेको देखिएपनि सो यता बैंकहरूको कर्जा लगानी लगातार घट्दो क्रममा छ।

असार पहिलो साता सम्ममा बैंकहरुको कुल निक्षेप संकलन ३४ खर्ब ६२ अर्ब रुपैयाँ खरहेको छ भने कर्जा लगानी २८ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ। 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।