साउन लागेदेखि बैंकहरुको निक्षेप घट्न थाल्यो,कर्जा लगानी पनि निरन्तर घट्दै

Jul 29, 2020 04:46 PM Merolagani



साउन लागेदेखि बैंकहरुको निक्षेप संकलन घट्न थालेको छ। लकडाउनमा उच्च रुपले बढ्दै आएको बैंकहरूको निक्षेप संकलन साउन लागे यता घट्न थालेको देखिएको छ।

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार साउन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप संकलन २५ अर्ब रुपैयाँले घटेको छ। असार अन्तिममा मात्रै बैंकहरुको निक्षेप संकलन ९८ अर्ब रुपैयाँले बढेको थियो।

साउन यता बैंकहरुको कर्जा लगानी पनि ३६ अर्ब रुपैयाँले घटेको देखिएको छ। लकडाउन  देखिनै घट्दै आएको बैंकहरुको कर्जा लगानी लकडाउन खुलेपछि पनि बढ्न सकेको छैन। असार अन्तिम साता केहि बढेको देखिएपनि सो यता बैंकहरूको कर्जा लगानी लगातार घट्दो क्रममा छ।

असार पहिलो साता सम्ममा बैंकहरुको कुल निक्षेप संकलन ३४ खर्ब ६२ अर्ब रुपैयाँ खरहेको छ भने कर्जा लगानी २८ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ। 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।