एशियन लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक, प्रति हजार ८७ रुपैयाँसम्म पाउने

Jul 30, 2020 06:32 PM Merolagani



एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले आर्थिक वर्ष २०७४/७५ को लागि बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक स्थितीको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकिय प्रतिवेदन बीमा समितिबाट गत जेठ ८ गते स्वीकृत भएको थियो। 

त्यस अनुसार कम्पनीले मुनाफाबाट बोनस दिने गरी बीमालेखहरुको आधारमा बोनसदर निर्धारण गरिएको हो।कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत प्रतिहजार न्युनतम ४२ हजारदेखि ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। कम्पनीले ० देखि १४ वर्ष अवधिको बीमालेखको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ६५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ७६ रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

सावाधिक (बालबालिका सावधिक जीवन बीमालेखमा पनि न्यूनतम ४२ रुपैयाँदेखि ७६ रुपैयाँ बोनसदर तोकिएको छ। ० देखि १४ वर्ष अवधिको बीमालेखका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ६५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ७६ रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

सावधिक तथा आजीवन जीवन बीमालेख अन्तर्गत प्रतिहजार ५१ रुपैयाँदेखि ८७ रुपैयाँ बोनसदर तोकिएको छ। ० देखि १४ वर्ष अवधिको बीमालेखका लागि ५१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ७२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ८७ रुपैयाँ बोनसदर तोकेको छ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम प्रतिहजार ४३ रुपैयाँदेखि ७९ रुपैयाँ बोनसदर तोकिएको छ। १० वर्ष अवधिका बीमालेखका लागि ४३ रुपैयाँ, १२ वर्ष अवधिका लागि ४८ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५४ रुपैयाँ, १८ वर्ष अवधिका लागि ६४ रुपैयाँ, २० वर्ष अवधिका लागि ७४ रुपैयाँ र २५ वर्ष अवधिका बीमालेखका लागि ७९ रुपैयाँ बोनसदर तोकेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।