सुनको मूल्य आकाशियाे, प्रतिताेला कति?

Jul 31, 2020 11:23 AM Merolagani



दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको भाउले पुन: नयाँ रेकर्ड कायम गरेको छ। साउन १६ गते, शुक्रबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउ अन्तरराष्ट्रिय बजारमा बढिरहेकाले नेपाली बजारमा पनि पछिल्लो समय आकाशिएको हो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ। यसदिन चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। निरन्तर उकालो लागेको चाँदीको मूल्य आज घटेको हो।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।