सुनको मूल्य आकाशियाे, प्रतिताेला कति?

Jul 31, 2020 11:23 AM Merolagani



दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको भाउले पुन: नयाँ रेकर्ड कायम गरेको छ। साउन १६ गते, शुक्रबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउ अन्तरराष्ट्रिय बजारमा बढिरहेकाले नेपाली बजारमा पनि पछिल्लो समय आकाशिएको हो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ। यसदिन चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। निरन्तर उकालो लागेको चाँदीको मूल्य आज घटेको हो।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।