जलविद्युत् आयोजनामा भीषण पहिरो,मानव बस्तीसमेत जोखिममा

Jul 31, 2020 11:47 AM RSS

नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो खसेकोे थियो ।

पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य प्रवेशद्वार,फ्लसिङ सिस्टम पोखरीबाट बालुवा फाल्ने तथा पोखरीलाई पूर्णरूपमा क्षति पु¥याएको छ।पहिरोले तिपेनी बजार तथा पहिरो माथिको मानव बस्तीसमेत जोखिममा परेको छ । निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो । पहिरोका कारण सवारी साधन तथा मानिसको आवतजावतसमेत बन्द भएको छ । उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौँ मानिस बीचबाटोमै अलपत्र परेका छन् । पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

  • बाढी पहिरो पीडिलाई सात लाख राहत सहयोग

सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोले क्षति पु¥याएका पीडित परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सहयोग गरेको छ ।

बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर राणाको तर्फबाट जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोशी तथा जुगल गाउँपालिकाका पीडित र विस्थापित परिवारलाई रु छ लाख ७५ हजार बराबरको राहत सहयोग उपलब्ध गराइएको हो । राप्रपाले पीडितलाई राहतस्वरूप रकम, खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो । राहत वितरण कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य बाबुराम खड्का, केन्द्रीय सदस्य यसमिन ढुङ्गाना, महिला सङ्गठनका महासचिव कुमारी तामाङ र जिल्ला अध्यक्ष गोपाल श्रेष्ठलगायतकोे उपस्थिति थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।