कोरोना भाइरसका कारण अमेरिकी अर्थव्यवस्थामा करीव ३३ प्रतिशतको गिरावट

Jul 31, 2020 12:42 PM Merolagani



अर्थव्यवस्थाको मामलामा सुपर पावरको नामले परिचित अमेरिकालाई कोरोना भाइरसले ठूलो झट्का दिएको छ । अप्रिल–जून त्रैमासमा अमेरिकी अर्थ्रव्यवस्थामा ३२.९ प्रतिशतको गिरावट आएको छ । 

यो अमेरिकी अथर्गव्यवस्थामा हालसम्मकै ठूलो गिरावट हो भने सन् १९५८ मा रेकर्ड रहेको १० प्रतिशतभन्दा तेब्बर ठूलो गिरावट हो । कोरोना भाइरसका कारण सबै कारोबार बन्द भएका छन् । यसका कारण लाखौँ मानिसहरु रोजगारीबाट बञ्चित हुनु परेको छ । योसँगै अमेरिकामा बेरोजगारी दर बढेर १४.७ प्रतिशतसम्म पुगेको छ,अमेरिकी सरकारद्धारा जारी बयानमा भनिएको छ ।

अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सन् १९४७ मा रेकर्ड राख्न सुरु गरेपछि जीडीपी र गुड्स एण्ड सर्भिसेज आउटपुटमा देखिएको यो दोस्रो सबैभन्दा ठूलो त्रैमासिक गिरावट हो ।

मन्त्रालयका अनुसार, उपभोक्ता खर्च घटेका कारण अथ्रृव्यवस्थामा यो ठूलो गिरावट देखिएको हो । अमेरिकाको आर्थिक गतिविधिमा उपभोक्ता खर्चको हिस्सेदारी करिब ७० प्रतिशत रहेको छ । उपभोक्ता खर्चमा वार्षिक आधारमा ३४.६ प्रतिशतको गिरावट देखिएको छ । एजेन्सी 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।