शनिबार कोरोना संक्रमित हुनेको संख्या ३१५,डिस्चार्ज ९३ मात्र

Aug 01, 2020 05:03 PM Merolagani



साउन १७ गते,शनिबार कोरोना संक्रमित हुनेको संख्या ३१५ रहेकाे छ । योसँगै नेपालमा हाल सम्म कुल २० हजार ८६ जनामा संक्रमणको पुष्टि भएको छ जसमध्ये संक्रिय संक्रमितको संख्या पाँच हजार ३३८ रहेको छ ।

आज थपिएका कोभिड १९ संक्रमितमा काठमाडौं उपत्यकाका ६ जना रहेका छन् । तीमध्ये काठमाडाैंका पाँच जना र भक्तपुरका एक जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुने ९३ जना छन् । हालसम्म देशभरमा कोरोना मुक्त हुनेको कुल संख्या १४ हजार ४९२ पुगेको छ ।

संक्रमितको विवरण :

सुनसरी : १
झापा : २
इलाम : २२
सिराहा : ५
उदयपुर : १
मोरङ : २
सप्तरी :७
बारा : १
पर्सा : ६५
रौतहट : १
बझाङ : ६८
अछाम : २८
कैलाली : ८९
कन्चनपुर : ९
काठमाडौं : ५
काभ्रेपलान्चोक : १
रामेछाप : २
सल्यान : १
भक्तपुर : १
कास्की : १
रुपन्देही : २

 




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।