शनिबार कोरोना संक्रमित हुनेको संख्या ३१५,डिस्चार्ज ९३ मात्र

Aug 01, 2020 05:03 PM Merolagani



साउन १७ गते,शनिबार कोरोना संक्रमित हुनेको संख्या ३१५ रहेकाे छ । योसँगै नेपालमा हाल सम्म कुल २० हजार ८६ जनामा संक्रमणको पुष्टि भएको छ जसमध्ये संक्रिय संक्रमितको संख्या पाँच हजार ३३८ रहेको छ ।

आज थपिएका कोभिड १९ संक्रमितमा काठमाडौं उपत्यकाका ६ जना रहेका छन् । तीमध्ये काठमाडाैंका पाँच जना र भक्तपुरका एक जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुने ९३ जना छन् । हालसम्म देशभरमा कोरोना मुक्त हुनेको कुल संख्या १४ हजार ४९२ पुगेको छ ।

संक्रमितको विवरण :

सुनसरी : १
झापा : २
इलाम : २२
सिराहा : ५
उदयपुर : १
मोरङ : २
सप्तरी :७
बारा : १
पर्सा : ६५
रौतहट : १
बझाङ : ६८
अछाम : २८
कैलाली : ८९
कन्चनपुर : ९
काठमाडौं : ५
काभ्रेपलान्चोक : १
रामेछाप : २
सल्यान : १
भक्तपुर : १
कास्की : १
रुपन्देही : २

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।