नाफा खुम्चिन थालेपछि बैंकहरूले खर्च घटाउने तयारी,कर्मचारी कटाैतीदेखि बिज्ञापन घटाउनेसम्मका याेजना

Aug 05, 2020 07:29 AM Merolagani



  • विष्णु बेल्बासे

नाफा घटने अवस्था आएपछि बैंकहरू खर्च कटौतीको अभियानमा लागेका छन् । बैंकहरूले समय समयमा ल्याउने नयाँ ‘प्राेडक्ट’ सर्वसाधारणसम्म पु¥याउँदा खर्च हुने बिज्ञापनमा ४० प्रतिशतसम्म कटौती गर्ने भएका हुन् ।

एकातिर, कोरोना भाइरसका कारण कर्जाको माग हुन सकिरहेको छैन् । अर्कोतिर, सर्वसाधारणले बैंकमा जम्मा गरेको रकमको ब्याज तिर्नु पर्ने चुनौती छ । त्यसमा पनि बैंकका कर्मचारीको तलब तथा कार्यालय सञ्चालन,बिज्ञापन समेतमा अत्याधिक खर्च हुन थालेपछि खर्च कटौतीको अभियानमा लागेका हुन् ।

बैंकहरू अहिले खर्च कटौतीको अभियानमा लागेको सरकारी स्वामित्वमा स्थापना भएको नेपालकै सबैभन्दा पुरानो नेपाल बैंक लिमिटेडका प्रवक्ता प्रकाश कुमार अधिकारीले बताए ।

‘निजी र सरकारी दुवै बैंक अहिले खर्च कटौतीमा लागेका छन्,’उनले भने,‘कोरोनाका कारण बैंकको नाफा खुम्चने अबस्था आएपछि खर्च कटौतीमा लागेका हुन् ।’

निजी क्षेत्रका बैंकहरूले खर्च कटौती गर्ने उद्देश्यले करारमा नियुक्त गरेका,निश्चित काममा लागि राखेका र प्रशिक्षार्थी कर्मचारीलाई हटाइसेका छन् ।त्यसैगरी,‘ओभर टाइम’ मा पनि कडाइ गर्न थालेका छन् ।

सरकारी स्वामित्वका कृषि विकास बैंक,नेपाल बैंक र वाणिज्य बैंकले भने कर्मचारी कटौती नगरेपछि अन्य खर्च कटौतीमा जुटेका छन् ।

‘अनाबश्यक चेक नछाप्ने, अत्यावश्क बाहेक पेपरको प्रयोग नगर्ने, होटलहरूमा कार्यक्रम नगर्नेजस्ता काम गरेर पनि खर्च कटौती गर्न थालिएको छ,’ उनले भने, ‘त्यसैगरी, गाडी तथा जेनेरेटर सञ्चालन गर्दा पट्रोलियम पदार्थ बढी खपत हुन जाने भएकाले त्यसलाई नियन्त्रण गर्ने,अनलाइन,पत्रपत्रिका, टेलिभिजनमा दिने बिज्ञापनामा कटौती गरिने योजना पनि बनाइएको छ ।’

बैंकहरूले खर्च जोगाउनका लागि कागज बिहीन ‘पेपर लेस’ को अबधारण पनि अगाडि सारेका छन् । उनीहरूले ऋण प्रवाह गर्नुअघि कागजको मोटो फाइल बनाउने पुरानो परम्परालाई तोडेर डिजिटलको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरण गर्न थालेका छन् ।

बैंकहरूले सञ्चार माध्यममा बिज्ञापन गरेवापत भुक्तानी गर्नु पर्ने मोटो रकमलाई समेत कटौती गर्न थालेका छन् । उनीहरूले कोरोना भाइरसको संक्रमण फैलनु भन्दा अघिको अवस्थामा भन्दा अहिले बिज्ञापनमा ४० प्रतिशत कटौती गरिसकेका छन् ।

देशभर करिव २ हजारभन्दा बढी सञ्चार माध्यम रहेका छन् । ती सबैले बिज्ञापनका लागि बैंक धाउने हुँदा समस्या परेको भन्दै बैंकहरूले परामर्श दाता (कन्सल्टेन्ट) नियुक्ति गरेर एक द्धार प्रणाली (वान डोर पोलिसी) बनाउने योजना बनाइ रहेका छन् ।
बिज्ञापनका लागि कन्सल्टेन्ट नियुक्त गरेर वान डोर पोलिसी बनाउने गरी काम थालेको अधिकारीले बताए ।

बैंकहरूको एकातर्फ आम्दानी घट्दो र अर्को तिर खर्च भने बढिरहेको छ । आम्दानी घट्ने अवस्था आएपछि बैंकहरूले सञ्चालन खर्च घटाउने तर्फ नयाँ रणनीति अगाडि सारेका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण व्यवसायमा समस्या आएपछि राष्ट्र बैंकले केही नीतिगत व्यवस्था गरेर सहुलियतको व्यवस्था गरेको छ । जसका कारण पनि बैंकहरूको नाफामा संकुचन आउने निश्चित भएको छ ।

बैंकहरू गत आर्थिक वर्षको चाथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने अन्तिम तयारी छन् । उक्त प्रतिबेदनमा बैंकहरूको आम्दानी खुम्चिने भएपछि बैंकहरू खर्च कटौतीको अभियानमा लागेका हुन् ।

कोरोनाका कारण उद्योग व्यवसायीले बैंकमा भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज तिर्न सकिरहेका छैनन् ।

२७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूको छाता संस्था नेपाल बैंकर्स संघले बैंकको सञ्चालन खर्च घटाउने उपायको खोजी गर्न एउटा समिति नै बनाएको थियो । उक्त समितिले खर्च घटाउन सकिने विषयमा सम्भाव्यता अध्ययन गरेर संघलाई प्रतिवेदन बुझाएको थियो ।

बैंकको खर्च घटाउन बढी भएका एटीएम तथा शाखा बन्द गर्ने, बैंकिङ प्रविधिमा संयुक्त लगानी गर्ने, विद्युतीय कारोबारलाई प्राथमिकता दिने,स्पेस सेयरिङ गर्नेलगायतका सुझाव उक्त समितिले संघलाई दिएको थियो ।

बैंकर्स संघले मौद्रिक नीतिमा राष्ट्र बैंकलाई खर्च घटाउन शाखा बन्द गर्ने विषयलाई थप सहजिकरणको गरिदिन आग्रह गरेको थियो । तर उक्त बिषमा भने राष्ट्र बैंकले मौद्रिक नीतिमा केही व्यवस्था नगरि दिएपछि बैंकहरू आफै खर्च कटौतीमा लागेका हुन् ।

राष्ट्र बैंकले खुलिसकेको शाखा बन्द गराउँदा वित्तीय पहुँच विस्तारमा असर पर्ने भन्दै बैंकर्स संघको उक्त प्रस्ताव तुहाइ दिएको थियो । खुलिसकेको शाखा बन्द गराउन नपाउने भएपछि थोरै लागतमा कम कर्मचारीबाटै शाखा सञ्चालन गरी खर्च घटाउँदै लगेका छन् ।

बैंकहरूले खर्च कटौतीका अन्य उपायका बारेमा समेत खोजी गरिरहेका छन् । त्यही अनुसारको वार्षिक कार्ययोजना बनाउने गृहकार्यमा लागेका छन् ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।