एशियन लाइफ इन्स्योरेन्सको निमित्त सिईओमा होम बहादुर श्रेष्ठ नियुक्त

Aug 05, 2020 02:54 PM Merolagani



एशियन लाइफ इन्स्योरेन्स (ALICL) को निमित्त सिईओमा होम बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले उनलाई निमित्त सिईओ नियुक्त गरेकाे हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठको दुई वर्ष कार्यकाल पुरा भएकोले अर्को व्यवस्था नभएसम्मको लागि होम बहादुर श्रेष्ठलाई निमित्त सिईओको जिम्मेवारी दिएको हो । उनी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत थिए ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।