Fri, Oct 10, 2025
एशियन लाइफ इन्स्योरेन्स (ALICL) को निमित्त सिईओमा होम बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले उनलाई निमित्त सिईओ नियुक्त गरेकाे हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठको दुई वर्ष कार्यकाल पुरा भएकोले अर्को व्यवस्था नभएसम्मको लागि होम बहादुर श्रेष्ठलाई निमित्त सिईओको जिम्मेवारी दिएको हो । उनी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत थिए ।
असोज १९ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।