कोरोना महामारीमा विश्व आँकडा: हरेक १५ सेकेन्डमा एक जनाको मृत्यु

Aug 05, 2020 12:50 PM Merolagani



विश्वभरमा कोरोना महामारीका कारण मर्ने मानिसहरुको संख्या ७ लाखभन्दा धेरै पुगिसकेको छ । अमेरिका,ब्राजिल,भारत र मेक्सिकोमा भाइरसका कारण मर्ने मानिसहरुको संख्यामा वृद्धि भइरहेको छ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार,कोरोना महामारीका कारण हरेक दिन करिब ५ हजार ९०० जना मानिसहरुले ज्यान गुमाइरहेका छन् । यसरी हेर्दा प्रत्येक घण्टा २४७ जना र हरेक १५ सेकेन्डमा एक जना मानिसको कोरोना भाइरसका कारण ज्यान गइरहेको छ । यो आँकडा पछिल्ला दुई हप्ताको तथ्यांकमा आधारित रहेको बताइएको छ ।

अमेरिका र ल्याटिन अमेरिकामा कोरोना महामारीले व्यापक रुप लिइरहेको छ,जहाँ संक्रमणको रोकथामको प्रयास भइरहेको छ, तर अवस्था नियन्त्रण हुन सकिरहेको छैन । एजेन्सी