एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा डेढ अर्बभन्दा बढीको आवेदन

Aug 05, 2020 06:08 PM Merolagani



एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा डेढ अर्बभन्दा बढीको आवेदन परेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा ४ लाख २८ हजार १५३ जना आवेदकबाट एक अर्ब ६५ करोड ६७ रूपैयाँभन्दा बढीको शेयर माग भएको हो।

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको थियाे। कम्पनीले निष्काशन गरेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि छुट्टाएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि सर्वसाधारणको लागि निष्काशन गरेको थियो।

सर्वसाधारणलाई निष्काशन गरेको ३१ लाख ६० हजार १८३ कित्ता भन्दा ५.२४ गुणा बढी आवेदन परेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।