उद्योग व्यवसायीलाई राहत दिने उद्देश्यले ल्याइएको ब्याज छुट ७१.६ प्रतिशत व्यवसायीले पाएनन्

Aug 05, 2020 06:24 PM Merolagani

राष्ट्र बैंकले दिएको छुट ७१.६ प्रतिशत उद्योगी व्यवसायीले नपाएको जनाएको छ । जम्मा १७.३ प्रतिशत उद्योगी व्यवसायीले मात्र त्यस्तो छुट पाएका छन् ।

लकडाउनको समयमा आर्थिक अवस्था चौपट भएपछि उद्योग व्यवसायीलाई राहत दिने उद्देश्यले राष्ट्र बैंकले ब्याज छुटको प्रस्ताव ल्याएको थियो । तर त्यस्तो छुट ज्यादै कमले मात्र पाएको नेपाल राष्ट्र बैंकले गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा गरेको सर्वेक्षणमा जनाइएको छ ।

५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीहरू सहभागी भएको उक्त सर्वेक्षणमा ठूलो संख्याका उद्योग व्यवसायीले ब्याज छुट नपाएको बताएका हुन् ।

सञ्चार क्षेत्रका उद्योग व्यवसायीहरूले यो सुविधा प्राप्त नगरेका र ११.१ प्रतिशत उद्योगी व्यवसायीले सो सुविधा लागु नै नभएको प्रतिवेदनले देखाएको छ ।

ब्याज छुट प्राप्त गर्नेमा सबैभन्दा धेरै ३५.१ प्रतिशत कृषि, वन तथा मत्स्यपालन क्षेत्रका र सबैभन्दा कम १०.१ प्रतिशत अन्य क्षेत्रका उद्योग व्यवसायीहरू रहेको देखिएको छ ।

ब्याज छुटको त्रैमासिक समायोजन असार मसान्तमा मात्रै हुने भएकोले सर्वेक्षण समयताका ब्याज छुटको यथार्थ अवस्था नआएको राष्ट्र बैंकको भनाइ छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।