नेप्सेमा गडबडी भएपछि धितोपत्र बोर्डको ध्यानाकर्षण, नेप्सेलाई लेख्यो पत्र

Aug 05, 2020 07:11 PM Merolagani



नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्चेन्ज (नेप्से) लाई पत्र लेख्दै नेप्सेमा भएको गडबडीको कारण माग गरेको छ । बुधबार नेप्सेको वेबसाइटमा र अनलाइन कारोबार प्रणाली (टिएमएस)मा देखिएको फरक–फरक डाटाको विषयमा बोर्डले नेप्सेसँग जानकारी मागेको हो ।

नेप्सेमा बारम्बार समस्या किन आउँछ, त्यो समस्या समाधान गर्नका लागि के गर्नुपर्छ भन्ने सम्बन्धमा जानकारी मागिएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

‘शेयर बजारमा के समस्या आएको हो, बारम्बार आउने समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर पत्र लेखिएको हो,’ उनले भने ।

बुधबार ११ बजे खुल्नु पर्ने सेयर बजार ११ः४५ बजेबाट मात्रै खुलेको थियो । नेप्सेले बजार खुल्नु अगावै सिस्टममा समस्या देखिएको भन्दै निधार्रित समयमा बजार खुल्न नसक्ने जानकारी गराएको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।