बिहीबारदेखि पुनः जोर बिजोर प्रणाली लागु, मास्क नलगाइ हिँड्नेलाई जरिवाना

Aug 05, 2020 09:36 PM Merolagani



सरकारले बिहीबारदेखि पुनः जोरबिजोर प्रणाली लागु गरेकाे छ। सरकारले काठमाडौं उपत्यका र २ सय बढी सक्रिय काेराेना संक्रिमत भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गरेको हो।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सुरक्षा मापदण्ड कडाइका साथ लागु गराउने निर्णय भएको बताइएकाे छ। मास्क नलगाइ हिँड्नेलाई दण्ड जरिवाना गर्ने, सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था जो भए पनि कारवाही गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको छ। यी जिल्लाका सहरी इलाकामा जिल्लाभित्र समेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने जारी विज्ञप्तिमा उल्लेख छ। साथै सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने विज्ञप्तिमा उल्लेख छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।